तनहुँको छाब्दीबराही मन्दिर : धार्मिक पर्यटकको आकर्षक गन्तव्य

दमौली : तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिर धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । मन्दिरमा पूजाअर्चना, दर्शन तथा भ्रमणका लागि एक वर्षको अवधिमा पाँच लाख बढी भक्तजन पुगेका छन् ।
छाब्दीवाराही विकास कोषको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा पाँच लाख बढी भक्तजनले मन्दिरमा पूजाआजाका साथै भ्रमण गरेका छन् । एक वर्ष अवधिमा ६५ जिल्लाबाट भक्तजन छाब्दीवाराही आएको विकास कोषका अध्यक्ष प्रेमबहादुर थापाले बताए । उनले भने, “कोषको तथ्याङ्क अनुसार पाँच लाख बढी भक्तजन यहाँ आएका छन्, ६५ जिल्लाबाट भक्तजनको आगमन भएको छ ।”
छाब्दीवाराही मन्दिरमा पूजाआजा गर्दा मनले चिताएको पूरा हुने धार्मिक विश्वासका साथ यहाँ भक्तजन आउने गरेको थापाको भनाइ छ । मन्दिर हालै पुनर्निर्माण गरी आकर्षक बनाइएको छ । गण्डकी प्रदेश सरकारको रु २४ लाख आर्थिक सहयोग र छाब्दीवाराही विकास कोषको आन्तरिक कोष रु ४६ लाख गरी रु ७० लाखको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको छ ।
साउन महिना पूरै र प्रत्येक महिनाको एक दिन औंसी र दुई दिन एकादशीका दिन मन्दिरमा पूजाआजा बन्द हुने गरेको छ । छाब्दीवाराहीमा सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेकी जनविश्वास गरिन्छ । मन्दिर बाहिर खोलामा पनि हजारौं माछा छन् । छाब्दी कुण्डमा स्नान गरी उपवासपूर्वक पूजा गरेमा सबै खाले पापबाट मुक्त भइन्छ र मनोकामना पूरा हुने जनविश्वास छ ।
मन्दिरमा तीन जना मगर जातिका पुजारी छन् । यहाँ साउन, एकादशी र आंैशी बाहेकका दिनमा बली चढाइने गरिन्छ । मन्दिरमा पूजाआजा गरेर मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।
दमौली बजारदेखि सात किलोमिटर दूरीमा अवस्थित छाब्दीबाराही मन्दिर पुग्न कालोपत्र सडकको व्यवस्था छ । मन्दिरमा हाँस, परेवा, बोका, राँगाको बली दिइने गरिन्छ । छाब्दीवाराही मन्दिर परिसरमा पुरानो छाब्दीवाराही मन्दिर, माछाको मुखको धारा, पोखरीमा माछा, पोखरीको बीचमा मस्त्यगन्धाको मूर्ति आकर्षणको रूपमा रहेको छ ।
मन्दिरको संरक्षण, वातावरणमैत्री भौतिक पूर्वाधार विकास, धार्मिक तथा ग्रामीण कृषि पर्यटन विकास एवं प्रवद्र्धन गर्ने उद्देश्यसहित मन्दिरको गुरुयोजना निर्माण गरिएको छ ।
गुरुयोजनामा धार्मिक तथा सांस्कृतिक सम्पदा, भौतिक अवस्था र जैविक विविधताको संरक्षण सम्बन्धी सचेतना अभिवृद्धि, मन्दिर परिसरको सौन्दर्यकरण र फोहोरमैला व्यवस्थापन सम्बन्धमा आवश्यक प्रबद्र्धनात्मक कार्यक्रम गर्ने प्रस्ताव गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker