आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै आँवुखैरेनीको “आँधीमूल”

भञ्ज्याङ समाचारदाता/तनहुँ

तनहुँको आँबुखैरेनी गाउँपालिका-१ मा अवस्थित छ, आँधीमूल मन्दिर । प्यागोडाशैलीको मन्दिर, उद्यान, दुइ पोखरी र माछाको आकृतिका २३ धारा लगायतका संरचना पर्यटकका लागि मुख्य आकर्षण बन्ने गरेका छन् ।

पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना रहेकाले गाउँपालिकाले यस क्षेत्रको विकासमा प्राथमिकता दिएर काम गर्दै आएको छ । गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्य आँधीमूलको विकास गर्न विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको वडाध्यक्ष प्रेमबहादुर गुरुङ बताउनुहुन्छ ।

आँधीमूलमा दर्शन तथा भाकल गरेमा मनले चिताएको पुग्ने जनविश्वास छ । उक्त मन्दिरमा तनहुँ, कास्की, स्याङ्जा, गोरखा, लमजुङ लगायत स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।

आँधीमूल स्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि आन्तरिक पर्यटक आउने गरेका छन् । आँधीमूल देवीको मन्दिरमा परेवा चढाउने, बोका र कुखुरा बलि दिने चलन छ । पृथ्वीराजमार्गको सत्रसय फाँटदेखि करिब साढे दुइ किलोमिटर दूरीमा आँधीमूल मन्दिर पर्दछ । उक्त दूरीको सडकमध्ये करिब सात सय मिटर कालोपत्र गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो।

सडक कालोपत्र गर्न रु एक करोड ३० लाख खर्च भइसकेको छ । रु एक करोड पचासी लाखको काम हुन अझै बाँकी छ। उहाँले भन्नुभयो, ‘आँधीमूलमा रहेको पानीलाई थुनेर कृत्रिम ताल निर्माण गर्न लागेका छौँ ।” करिब १५ रोपनी क्षेत्रफलमा बनाइने तालका लागि गाउँपालिकाबाट रु ५० लाख विनियोजन गरिएको छ ।

उक्त कार्यका लागि अहिले डिपिआर कार्य भइरहेको छ । पृथ्वीराजमार्ग सत्रसयदेखि पैदल हिँड्दा करिब एक घण्टा लाग्छ भने सवारीसाधन मार्फत बीस मिनेटमै पुग्न सकिनेछ ।

गाउँपालिकाकै प्रमुख पर्यटकीय धार्मिकस्थलका रूपमा आँधीमूल मन्दिर परिचित रहेकाले यसलाई कायम राख्दै अझ व्यवस्थित गर्न लागिएको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा पूरै सडक कालोपत्र गर्ने गरी काम अघि बढाइएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो।

मन्दिरसम्म सडक कालोपत्र सम्पन्न भएपछि आँधीमूलसम्म पुग्न पर्यटकलाई सहज हुनाका साथै पर्यटकको संख्या अझै वृद्वि हुने विश्वास गरिएको छ । आँधीमूल पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भइरहेको छ ।

पर्यटकको चहलपहल बढ्न थालेसँगै यस ठाउँमा थप पूर्वाधार निर्माण गर्ने योजना गाउँपालिकाको छ । गाउँपालिकाले गत वर्ष तारबार लगाएको थियो । त्यहाँ ट्रष्ट निर्माण गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker