तनहुँ प्रशासनले बार अनुसार स्थानीय तहलाई सेवा प्रदान गर्ने (सूचि सहित)

भञ्ज्याङ न्यूज

जिल्ला प्रशासन कार्यालय तनहुँमा बार अनुसार स्थानीय तहका बासिन्दालाई सेवा प्रवाह गर्ने भएको छ । कोभिड-१९ को संक्रमण दिनदिनै बढ्दै गइरहेको र कार्यालयमा सेवाग्राहीको चाप अत्याधिक बढेपछि कार्यालयले अब बार अनुसार सेवा प्रवाह गर्ने गरी सूचना जारी गरेको छ ।

जिल्लाका दश स्थानीय तहका नागरिकलाई कार्यालयले भदौ ७ गतेदेखि बार अनुसार सेवा प्रवाह गर्ने गरी तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरारलले जानकारी गराए ।

कार्यालयमा अत्यावश्यक सेवा बाहेक अन्य सबै किसिमका दैनिक सेवा लिन आउने सेवाग्राहीको संख्या अत्याधिक बढेकाले यस्तो व्यवस्था शुरु गर्न लागिएको उनले बताए ।

कार्यालय तथा बजारमा मानिसको भीडभाडसंगै संक्रमण पनि बढेको हुँदा मानिसको आवागमन कम गर्न भदौ ७ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि स्थानीय तहगत रुपमा सेवा प्रवाहको व्यवस्था मिलाएको बरालले जानकारी गराए ।

कार्यालयका अनुसार आइतबार शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, आँवुखैरेनी गाउँपालिका र घिरिङ गाउँपालिका, सोमबार व्यास नगरपालिका र म्याग्दे गाउँपालिका तथा मंगलबार शुक्लागण्डकी नगरपालिका, घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकाका नागरिकलाई सेवा दिने व्यवस्था गरिएको छ ।

यस्तै, बुधबार भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, देवघाट गाउँपालिका, बन्दिपुर गाउँपालिकाका नागरिकलाई सेवा प्रवाह गरिने भएको छ ।

बिहीबार आँवुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, भिमाद नगरपालिका र भानु नगरपालिका तथा शुक्रबार व्यास नगरपालिका र बन्दिपुर गाउँपालिकाका नागरिकलाई सेवा प्रवाह गर्ने तनहुँ प्रशासनले जनाएको छ ।

जिल्लामा प्रशासन कार्यालयले भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । फलफूल तथा खाद्यान्न बिहान ५ देखि १० र अन्य व्यवसाय ११ देखि ६ बजेसम्म खुल्ला गरिएको छ । निषेधाज्ञा केही खुकुलो भएकाले जिल्लामा पछिल्लो केही दिन यता दैनिक जसो कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker