तनहुँको शुक्लागण्डकी–८ स्थित मुस्ताङ क्याम्प र तिब्बेतियन क्याम्पमा खाद्यान्न सामाग्री वितरण

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित मुस्ताङ क्याम्प र तिब्बेतियन क्याम्पमा रहेका १५८ घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ । कोभिड–१९ को दोस्रो लहरसँगै देशभर जारी निषेधाज्ञामा क्याम्पमा आश्रित रहेकालाई खाद्यान्नको अभाव नहोस् भन्ने उद्देश्यका साथ पेमा छाल गुम्बाको आयोजना र जोस्लिन व्लुमेन्थल अमेरिकाको सहयोगमा खाद्यान्न सामग्री प्रदान गरिएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले पेमा छाल गुम्बाको आयोजनामा दुईवटै क्याम्पमा आश्रितलाई दृष्टिगत गरी अमेरिकन संस्था जोस्लिन व्लुमेन्थलको सहयोगमा खाद्यान्न सामग्री वितरण गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

गुम्बाले अघिल्लो वर्ष पनि कोरोना महामारीका समयमा विभिन्न सङ्घसंस्थामा समेत आर्थिक तथा खाद्यान्न सामग्री सहयोग गरेकामा सामाजिक कामको प्रशंसा गर्दै उहाँले आफ्नो तर्फबाट पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तिब्बेतियन क्याम्प शुक्लागण्डकीका प्रमुख टासीले पेमा छाल गुम्बा याम्दी र अमेरिकन संस्था जोस्लिन व्लुमेन्थलले आफूहरूको क्याम्पमा महामारीको समयमा खाद्यान्न अभावलाई दृष्टिगत गरी सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

कोभिड महामारीका कारण घरभित्रै बस्नुपर्ने बाध्यात्मक अवस्थामा स्वदेश एवम् विदेशमा रहेर गुम्बा र अमेरिकन संस्थाको सहयोगले आफूहरूले खाद्यान्न अभावबाट वञ्चित हुनुपर्ने स्थिति नआउने उहाँको भनाइ छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker