विश्व पर्यटन दिवसको अवसरमा बन्जी नेपाललाई सम्मान

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

विश्व पर्यटन दिवसको अवसरमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पोखराको बन्जी नेपाललाई सम्मान गरेको छ । मन्त्रालयका सचिव सुरेश अधिकारीले मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बन्जी नेपालका अध्यक्ष सन्तोष भट्टराइलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरेका हुन् ।

नेपालको साहसिक खेल पर्यटनमा उल्लेखनिय योगदान पुर्‍याएको भन्दै बन्जी नेपाललाई सम्मान गरेको हो । गत सालबाट सन्चालनमा आएको बहुराष्ट्रिय कम्पनीबाट फ्रेन्चाइज लिएको बन्जी नेपालले छोटो समयमा नै चर्चा कमाउन सफल भएको छ । पोखरा महानगरपालिका-१७, रातोपैरा (माउन्टेन म्युजियमको आडैमा)मा बन्जी नेपाल सञ्चालित छ ।

बन्जी नेपालका अध्यक्ष भट्टराइ तनहुँको शुक्लागण्डकी-११ राइपुरमा जन्मिएका हुन् । मध्यम परिवारमा जन्मिएका उनी अन्तर्राष्ट्रिय जम्पमास्टर हुन् । उनले साहसिक खेल नेपाल भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

नेपालमा बञ्जी सम्बन्धी निति नियम निर्माणमा समेत सरकारलाई सहयोग गरेका उनी मकाउ, इन्डोनेसीया, जापान, रसिया लगायतका देशमा एक दशक बढि साहसिक खेलमा अनुभवी बटुलेका छन् । सोहि अनुभव नेपालमा उपयोग गरेका हुन् ।

सम्मानले थप राम्रो काम गर्न हौसला मिलेको बन्जी नेपालका अध्यक्ष भट्टराइले बताए । पर्यटकीय, धार्मिक र ऐतिहासिक रुपमा प्रशस्त सम्भावना रहेको शुक्लागण्डकीमा समेत साहसिक खेल भित्र्याउन स्थानीय सरकारले चासो र पहल गर्नुपर्नेमा उनले जोड दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker