धार्मिक पर्यटकीयस्थल थानीमाईमा पूर्वाधार निर्माण गरियो

दमौली : जिल्लाको भानु नगरपालिका–७ बसन्तपुरस्थित प्रसिद्ध थानीमाई मन्दिर आउने भक्तजनको सहजताका लागि भवन र ट्रस निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकार र मन्दिर व्यवस्थापन समितिको आन्तरिक कोषबाट भक्तजनको सहजताका लागि यहाँ भवन र ट्रस निर्माण गरिएको हो ।

गण्डकी प्रदेश सरकारको रु २० लाखमा ट्रस निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले जानकारी दिनुभयो । त्यस्तै कोषबाट रु २८ लाखको लागतमा बनेको भवनमाथि ट्रस थप रिएको उहाँले बताउनुभयो । उहाँका अनुसार ट्रस निर्माणसँगै मन्दिरमा रातभर जाग्राम बसेर बत्ती बाल्ने भक्तजनलाई सहज हुनेछ ।

समितिका अध्यक्ष थापाले भन्नुभयो, “मङ्गलबार फूलको डोली चढाउने र त्यसको अघिल्लो रात सोमबार यहाँ जाग्राम बसेर बत्ती बाल्ने प्रचलन छ । रातिको समयमा बस्न सहज होस् भनेर ट्रस हालेका छाैँ । अब एकैपटक २०० भन्दा बढी भक्तजनले यहाँ बसेर बत्ती बाल्न सक्नेछन् ।”

आठ कोठे भवनको छ वटा कोठामा समितिको निर्णयअनुसार सहुलियत दरमा रातिका लागि वा अन्य समयमा बास बस्न चाहनेलाई उपलब्ध गराइने थापाले जानकारी दिनुभयो ।

मन्दिरमा प्रत्येक वर्ष असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मङ्गलबार देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने परम्पर छ । “ती महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको घुइँचो लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको छ”, समितिका अध्यक्ष थापाले भन्नुभयो ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु छ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker