धारिलो हतियार प्रहार गरेको अभियोगमा दुई जना पक्राउ

दमौली : तनहुँको व्यास नगरपालिका–१२ बस्ने २३ वर्षीय सुमन भुजेललाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा तनहुँ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४३ वर्षीय दिपक भन्ने देव बहादुर पाण्डे र ३० वर्षीय रन्जन पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उनीहरुलाई बुधबार पक्राउ गरी ज्यान मार्ने उद्योगमा म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।










