व्यास गुफा परिसरमा एक महिने अखण्ड हवन सुरु

दमौली : तनहुँको दमौलीस्थित व्यास गुफा परिसरमा विहीबारदेखि एक महिने चौबीस घण्टे अखण्ड हवन कार्यक्रम सञ्चालन गरिएको छ । गुरुपूर्णिमाको दिन शुभ साइतमा आयोजना गरिएको हवन कार्यक्रम व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले पूजा–अर्चना गरी प्रारम्भ गरेका थिए ।

वेदव्यास वैदिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानको आयोजनामा भइरहेको उक्त हवन कार्यक्रममा स्वदेश मात्र नभई विदेशबाट समेत श्रद्धालुहरूको सहभागिता हुने बताइएको छ। प्रतिष्ठानका संरक्षक ध्यानाचार्य सद्गुरु जय श्री हरि खेमराजका अनुसार यो कार्यक्रम नेपालमै नौलो प्रयोग हो र सनातन धर्म तथा संस्कृति संरक्षणका दृष्टिकोणले महत्वपूर्ण छ ।

गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको कार्यक्रममा हवनको महत्वबारे समेत जानकारी दिइएको थियो ।

संरक्षक खेमराजका अनुसार कुलदोष, पितृदोष, तथा जीवनमा भएका अनगिन्ती भुल–चुकबाट मुक्ति, र परलोक सुधारका निम्ति यो अखण्ड हवन आयोजना गरिएको हो । श्रावण १ गतेदेखि सुरु भएको यो हवन श्रावण ३१ गतेसम्म दिनरात निरन्तर रूपमा सञ्चालन हुनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker