बन्दिपुरको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेद्वार निर्वाचित

तनहुँको बन्दिपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट सुरेन्द्र थापा र उपाध्यक्षमा नेपाली कांग्रेसबाट पञ्चमाया गुरुङ निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित थापाले ३ हजार २२९ मत र उपाध्यक्षमा निर्वाचित गुरुङले ३ हजार २७ मत प्राप्त गरेका छन् ।
उनीहरुका प्रतिस्पर्धि नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा पूर्णसिं थापाले ३ हजार १६६ मत र उपाध्यक्षमा करुणा गुरुङले ३ हजार २५ मत प्राप्त गरेका छन् । पूर्णसिं र करुणा गाउँपालिकाका निवर्तमान अध्यक्ष र उपाध्यक्ष हुन् ।
बन्दिपुरको ६ वटा वडामध्ये एमालेले ३, माओवादी केन्द्रले २ र कांग्रेसले एक वडा जितेको छ । एमालेले वडा नम्बर १, ४ र ६, नेकपा माओवादी केन्द्रले २ र ५ र कांग्रेसले ३ नम्बरमा वडाध्यक्ष जितेको छ ।










