कांग्रेस नयाँ ऊर्जा, परिष्कृत सोच र जनउत्तरदायी कार्यशैलीसहित जनताको घरदैलमा : उम्मेदवार भट्टराई

दमौली : नेपाली कांग्रेसका नेता तथा तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार गोविन्द भट्टराईले दमौलीको ऐतिहासिक विरासत, लोकतान्त्रिक पहिचान र आधुनिक विकासलाई नयाँ उचाइमा पु¥याउन ‘बदलिएको कांग्रेस’को विजय अपरिहार्य रहेको बताएका छन् ।
दमौलीस्थित व्यास नगरपालिका–२ मा रहेको चुनावी प्रचारप्रसार कार्यालयको मंगलबार उद्घाटन गर्दै नेता भट्टराईले कांग्रेस नयाँ ऊर्जा, परिष्कृत सोच र जनउत्तरदायी कार्यशैलीसहित जनताको घरदैलोमा पुगेको बताए ।
‘दमौली केवल एउटा व्यापारिक केन्द्र मात्र होइन, यो नेपाली लोकतान्त्रिक आन्दोलनको जीवन्त धरोहर हो’, उनले भने, ‘२००७ सालदेखि २०६२/६३ को ऐतिहासिक जनआन्दोलनसम्म दमौलीले नेतृत्वदायी भूमिका खेलेको छ। यस गौरवशाली इतिहासलाई अझ उजिल्याउँदै वर्तमानको विकासलाई भविष्यसँग जोड्न यसपटक कांग्रेसलाई मत दिनुको विकल्प छैन ।’
भट्टराईले दमौलीको गुरुयोजना, व्यवस्थित सहरीकरण र पूर्वाधार विकासमा कांग्रेसले नै जग बसालेको स्मरण गराए । विगतका कमजोरी सच्याउँदै कांग्रेस सुदृढ र जवाफदेही रूपमा अघि बढेको दाबी गर्दै उनले सदरमुकामको सौन्दर्यीकरण, युवा स्वरोजगार प्रवर्द्धन र दिगो आर्थिक विकासलाई आफ्नो मुख्य एजेन्डा रहेको स्पष्ट पारे ।
उक्त कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वैकुण्ठनाथ मिश्रले वर्तमान राजनीतिक अस्थिरता अन्त्य गर्न र शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन परिपक्व र परिमार्जित कांग्रेसको आवश्यकता रहेको औँल्याए । व्यवसायी र आम नागरिकको भरोसा कांग्रेसप्रति रहेको उल्लेख गर्दै उनले भट्टराईको नेतृत्वले तनहुँको विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।
व्यास नगरपालिका–२ का वडा सभापति टुकराज हमालको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले दमौलीको ऐतिहासिक अस्तित्व जोगाउँदै समृद्ध तनहुँ निर्माणका लागि यसपटक कांग्रेसको पक्षमा जनलहर सिर्जना भइसकेको दाबी गरेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker