हातमा आएको अधिकार गुम्न दिन्नौं : नेता पौडेल

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले जनताको हातमा आएको अधिकार गुम्न नदिने बताएका छन् । तनहुँको भानु नगरपालिका-६ बरभञ्ज्याङमा शनिबार आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले बलिदान र त्यागबाट निर्माण भएको संविधानले दिएको अधिकार गुम्न नदिने उल्लेख गर्नुभयो ।

संविधान र लोकतन्त्रको विरुद्ध षड्यन्त्र भइरहेको भन्दै वरिष्ठ नेता पौडेलले भने, “हामीले बनाएको संविधान दक्षिण एसियामै उत्कृष्ट छ, यसले सबै वर्गलाई अधिकार दिएको छ, यो अधिकार गुम्न दिन्नौँ ।” पौडेलले संविधान रक्षाकै लागि अहिलेको गठबन्धनको गठन भएको भन्दै यसलाई पछिसम्म लैजाने बताए ।

पौडेलले जिल्लामा विकासका कामले पूर्णता नपाएकाले राजनीति छाड्न नसकेको उल्लेख गरे । विसं २०७४ को निर्वाचनमा आफूले चुनाव हारेपछि यहाँको विकास अलपत्र परेको बताउँदै पौडेलले भने, “गठबन्धन सरकार बनेपछि तनहुँमा विकासको योजनाले पुनः गति लिन थालेको छ । बुद्धसिंमार्ग, मादी मर्स्याङ्दी सडक, शालिग्राम मार्गका लागि बजेट विनियोजन भएको छ ।”

“मसँग सपना छन्, योजना छन् र त्यसलाई पूरा गर्ने सङ्कल्प छ”, पौडेलले भने । देश विकास र सुशासनका गठबन्धन प्रतिबद्ध रहेको बताउँदै पौडेलले देशमा परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको बताए । जनतामा व्याप्त निराशा हटाउन सुशासनको खाँचो रहेको औँल्याउँदै पौडेलले भने, “बहुदल आएपछिका दिनमा गाउँ-गाउँमा आधुनिक सुविधाका पूर्वाधार पुगेको छ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker