कडा प्रतिस्पर्धाका बीच व्यासको प्रमुखमा पुनः न्यौपाने निर्वाचित, स्वतन्त्र उम्मेदवार जोशीलाई ११ हजार ८२६ मत

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बैकुण्ठ न्यौपाने निर्वाचित भएका छन् । निवर्तमान प्रमुख समेत रहेको न्यौपानले १२ हजार ७८ मत प्राप्त गरी पुनः दोश्रो कार्यकालका लागि व्यास नगरपालिकाको प्रमुखमा निर्वाचित भएका छन् । निकै प्रतिस्पर्धातामक रुपमा न्यौपानले प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई २५२ मतान्तरले पराजित गरेका छन् । स्वतन्त्र उम्मेदवार जोशीले ११ हजार ८२६ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेसंग तालमेल गरी कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समुहबाट व्यास नगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मदेवार बनेका जोशीले २५२ मतान्तरले पराजित हुन पुगे । माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार अतिन्द्रकेशरी न्यौपानेले ५४६, राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार मिना थापाले १६५, विवेकशिल साझा पार्टीका उम्मेदवार रमेश प्रसाद आचार्यले १३९ मत प्राप्त गरेका छन् ।

गत बुधबार साँझदेखि थालिएको मतगणनामा शनिबार दिउँसोसम्म स्वतन्त्र उम्मेदवार जोशीले अग्रता कायम गर्दै आए पनि साँझदेखि नेपाली कांग्रेसका उम्मेदवार न्यौपानेले अग्रता लिइएका थिए ।

२०७४ सालका स्थानीय तह सदस्य निर्वाचनमा बैकुण्ठ न्यौपाने १३ हजार ५६ मत प्राप्त गरी निर्वाचित भएका थिए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शंकरनारायण श्रेष्ठले ९ हजार ५९२ मत प्राप्त गरेका थिए ।

प्रमुख पदका उम्मेदवारद्वयले वडा नं. १ मा जोशीले ११२६, न्यौपानले १२६३, वडा नं. २ मा जोशीले ८३३, न्यौपानले ५९६, वडा नं. ३ मा जोशीले ६२७ र न्यौपानले ३३३ मत प्राप्त गरेका थिए । वडा नं. ४ मा जोशीले ९३३, न्यौपानले ५७१, वडा नं. ५ मा जोशीले १४३६, न्यौपानले ९१८ मत प्राप्त गरेका थिए ।

यस्तै, वडा नं. ६ मा जोशीले ८६७, न्यौपानले १२७६, वडा नं. ७ मा जोशीले ६५३, न्यौपानले ६९९, वडा नं. ८ मा जोशीले ३५०, न्यौपानले ७८८, वडा नं. ९ मा जोशीले ५६१ र न्यौपानेले ९०० मत प्राप्त गरेका थिए । वडा नं. १० मा जोशीले ९३८, न्यौपानले १३९०, वडा नं. ११ मा जोशीले १०००, न्यौपानले १२०१, वडा नं. १२ मा जोशीले १०००, न्यौपानेले ७४६ मत प्राप्त गरेका थिए ।

यस्तै, उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार इन्दिरा दरैले १३ हजार ४९८ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार बसुन्धरा घर्तीले १२ हजार ४२ मत प्राप्त गरेकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपप्रमुख पदका उम्मेदवार चन्द्रावती पन्थले ७९१, नेकपा एकीकृत समाजवादीका उम्मेदवार मनुमाया श्रेष्ठले ७०६, माओवादी केन्द्रका उम्मेदवार देवा सुर्खालीले ६८२ मत प्राप्त गरेका छन् ।

व्यास नगरपालिका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहपालिका पनि हो । यो पालिकाको मत परिणामले सबैको चर्चा र चाँसोको विषय बनेको छ । व्यासको मेयर पदका लागि वरिष्ठ नेता पौडेल निकट निवर्तमान मेयर बैकुण्ठ न्यौपाने पुनः उम्मेदवार बनी चुनावी मैदानमा उत्रिएका थिए । कांग्रेसले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेका पूर्व सहमहामन्त्री गोविन्दाराज जोशीले आफ्नो गुम्न लागेको राजनीतिक विरासत फर्काउन छोरा दिपकलाई मेयर पदको स्वतन्त्र उम्मेदवार बनाएर चुनावी मैदानमा भिडाएका थिए ।

तनहुँ वरिष्ठ नेता पौडेल र पूर्व सहमामन्त्री जोशीको गृह जिल्ला र गृहपालिका व्यास हो । यी दुइ नेताबीच आफ्नो राजनीतिक विरासत जोगाउने र फर्काउने प्रतिस्पर्धाका रुपमा हेरिएको स्थानीय निर्वाचनमा अन्तत् पौडेलले आफ्नो राजनीतिक विरासत जोगाउन सफल भएका छन् । चुनावी मैदानमा नेपाली कांग्रेसका उम्मेदवार न्यौपाने र स्वतन्त्र उम्मेदवार जोशी बीच चुनावी प्रतिस्पर्धा देखिएपनि यसको भित्री पाटो वरिष्ठ नेता पौडेलको राजनीतिक विरासत जोगाउने र पूर्व सहमाहामन्त्री जोशीको गुम्नलागेको राजनीतिक विरासत फर्काउने अस्त्रका रुपमा हेरिएको छ । जोशी समुहले प्राप्त गरेको मतपरिणामलाई हेर्दा अझै पनि जोहीको शक्ति गृहजिल्लामा रहेको प्रष्ट देखाएको छ ।

केन्द्रीय राजनीतिमा लामो समयदेखि दबदबा कायम गरेका रामचन्द्र पौडेल, शंकर भण्डारी, प्रदिप पौडेल, गोविन्द भट्टराइ, ध्रुब वाग्ले लगायतका झण्डै एक दर्जन नेताको गृह जिल्ला तनहुँमा कारबाहीमा परेका गोविन्दराज जोशी समक्ष स्थानीय निर्वाचनमा पराजित भएपनि जिल्लामा जोशीको शक्ति अझै कायमै रहेको भने पुष्टि गरेको छ ।

विशेषगरी कांग्रेसका वरिष्ठ नेता पौडेल निकट नेतासँग आक्रामक देखिएका जोशीले एमालेसँग तालमेल गरी छोरा दीपकराजलाई ब्यासमा मेयर पदको स्वतन्त्र उम्मेदवार बनाएर उठाएपछि व्यासको मतपरिणामले कस्को कति शक्ति छ भन्ने तथ्याङ्क पनि प्रष्ट पारेको छ । प्राप्त मत परिणामको आधारमा जोशी गृहजिल्लामा अझै हावि रहेको प्रष्ट पारेको छ ।

वैशाख ३० गते भएको निर्वाचनमा व्यास-८ को रिस्ती फेदी मतदान केन्द्रमा मेयरका स्वतन्त्र उम्मेदवार माथी आक्रमण भएपछि उक्त मतदान स्थलको निर्वाचन रद्ध भएको थियो । वैशाख ३० गते रद्ध भएको निर्वाचन पुनः जेठ ४ गते मतदान गरी त्यो वडा मतपरिणाम पनि र्सार्वजनिक भइसकेको छ ।

वडा नं. ८ को सार्वजनिक अन्तिम मतपरिणाम अनुसार वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार युवराज गुरुङ विजयी भएका छन् । गुरुङले ९१४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका विजय दुवाडीले २७२ मत प्राप्त गरेका छन् । सदस्यहरुमा कांग्रेसकै रामप्रसाद मिश्र ८२७, थमानसिं गुरुङ ७६८, विष्णुमायाँ राना ९११, सुनिता सुनार १५६० मत प्राप्त गरी निर्वाचित भएका छन् ।

विवादित र चर्चित बनेको यो वडामा मेयर पदका उम्मेदवार बैकुण्ठ न्यौपानेले ७७८, दिपकराज जोशीले ३५० र उपमेयर पदका उम्मेदवार इन्दिरा दरैले ८६६ र वसुन्धरा र्घर्तीले २६९ मत प्राप्त गर्न सफल भएका छन् । यो समाचार तयार पार्दसम्म करिब २१ हजार बढि मत गणना भएकोमा कांग्रेसका उम्मेदवार न्यौपानेले दुइ बढि मतले अग्रता लिएका छन् ।

कूल १४ वडामध्ये नेपाली कांग्रेसले ११ वडामा प्यानल सहित जितेको छ भने नेकपा एमालेले तीन वडामा वडाध्यक्ष जितेको छ । एमालेले वडाध्यक्ष जितेको वडामा पनि नेपाली कांग्रेसले सबै सदस्य जितेको छ । एमालेले व्यास-४, ५ र ७ को वडाध्यक्षमात्रै जितेको छ भने वडा नं. १२ मा एक जना सदस्य जितेको छ ।

जेठ ४ गतेदेखि सुरु भएको मतगणना अनुसार व्यास नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा रमेशचन्द्र हड्खले, खुल्ला सदस्यमा पूर्णबहादुर थापा, मणिजङ बस्नेत, महिला सदस्यमा किस्ना दुरा गुरुङ, दलित महिला सदस्यमा सुनिता सुनार निर्वाचित भएका छन् ।

वडा नम्बर २ को अध्यक्षमा काशीराम श्रेष्ठ, खुल्ला सदस्यमा सुरेश वाग्ले, जगतबहादुर क्षेत्री, महिला सदस्यमा साना रफत मियाँ, दलित महिला सदस्यमा सविता रसाइली निर्वाचित भएका छन् ।

वडा नम्बर ३ को अध्यक्षमा अनुप राना, खुल्ला सदस्यमा शान्तिरमण वाग्ले, दधिराज सुवेदी, महिला सदस्यमा विनु श्रेष्ठ र दलित महिला सदस्यमा श्रीमाया विक निर्वाचित भएका छन् ।

वडा नम्बर ४ को अध्यक्षमा मनबहादुर गुरुङ, खुल्ला सदस्यमा सरोज भण्डारी, कर्णबहादुर गुरुङ, महिला सदस्यमा गौकुमारी न्यौपाने र दलित महिला सदस्यमा राधा विक निर्वाचित भएका छन् ।

वडा नम्बर ५ को अध्यक्षमा विष्णुकुमार श्रेष्ठ निर्वाचित भएका छन् । खुल्ला सदस्यमा खिमबहादुर थापा, सुन्दर वाग्ले, महिला सदस्यमा केशरीमाया थापा र दलित महिला सदस्यमा लक्ष्मी विक निर्वाचित भएका छन् ।

वडा नम्बर ६ को अध्यक्षमा जीवन गुरुङ निर्वाचित भएका छन् । खुल्ला सदस्यमा ढालप्रसाद घिमिरे, सूर्यकान्त काफ्ले, महिला सदस्यमा बालकुमारी श्रेष्ठ र दलित महिला सदस्यमा बुद्धिमाया विक निर्वाचित भएका छन्।

वडा नम्बर ७ को अध्यक्षमा कृष्णप्रसाद न्यौपाने विजयी भएका छन्। खुल्ला सदस्यमा टिकाबहादुर गुरुङ, सुवास वाग्ले, महिला सदस्मा निला घिमिरे र दलित सदस्यमा सरस्वती विक निर्वाचित भएका छन् ।

व्यास नगरपालिका-९ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ। वडा नम्बर ९ को अध्यक्षमा सुरेश थापा विजयी भएका छन् । खुल्ला सदस्यमा यमु गुरुङ, सन्तोष जिसी, महिला सदस्यमा उमा आचार्य, दलित महिला सदस्यमा ज्ञानुमाया परियार विजयी भएका छन्।

व्यास नगरपालिका-१० मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा खेमराज पोख्रेल एक हजार तीन सय ७९ मत प्राप्त गरी विजयी भएका छन्। प्रतिस्पर्धी नेकपा एमालेका मदन तिमिल्सिनाले ८७६ मत प्राप्त गरे । खुल्ला सदस्यमा यज्ञप्रसाद शर्मा एक हजार चार सय ९६, इश्वरप्रसाद पौडेल एक हजार २६४, महिला सदस्यमा बासना कुंवर एक हजार तीन सय ६२ र दलित महिला सदस्यमा खिरमाया विक एक हजार चार सय ४६ मत प्राप्त गरी विजयी भएका छन् ।

यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराइको वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ । व्यास-११ मा कांग्रेसको प्यानल नै विजयी भएको हो । वडाध्यक्षमा दलबहादुर दुरा विजयी भएका छन् । उनले नेकपा एमालेका वीरेन्द्रबहादुर अधिकारीलाई पराजित गरेका छन् ।

वडा सदस्यमा गोकुल राना, रामकृष्ण अधिकारी, महिला सदस्यमा इन्दिरा अधिकारी र दलित महिला सदस्यमा कमला विक निर्वाचित भएका छन् । यसअघि कांग्रेस केन्द्रीय सदस्यका सबै वडामा कांग्रेस पराजित भएको थियो । भट्टराइले भने आफ्नो साख बचाएका छन् । केन्द्रीय सदस्य प्रदीप पौडेलको वडा शुक्लागण्डकी-८, शंकर भण्डारीको वडा भानु-९ र ध्रुव वाग्लेको वडा व्यास-५ मा एमाले विजयी भएको थियो ।

व्यास नगरपालिका-१२ को वडाध्यक्षमा नेपाली कांग्रेसका बमबहादुर आले ३२ मतान्तरले विजयी भएका छन् । आलेले ९३१ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर अधिकारीले ८९९ मत प्राप्त गरे । चार सदस्य मध्ये एक सदस्य नेकपा एमालेले र तीन सदस्य नेपाली कांग्रेसले जितेको छ । खुल्ला सदस्यमा एमालेका हर्कबहादुर कार्की ९०५, कांग्रेसका विज्ञान कैनी ९३७, महिला सदस्यमा कांग्रेसकै राजकुमारी सेढाइ ९६२ र दलित महिला सदस्यमा हरिमाया उपरकोटी निर्वाचित भएका छन् ।

वडा नं. १३ मा नेपाली कांग्रेसका उम्मेदवार वसन्त आले ९२२ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ललित बहादुर पाण्डले ७६८ मत प्राप्त गरेका छन् । सदस्यमा हरिश्चन्द्र पन्थ, नर बहादुर आले, महिला सदस्यमा कमला देवी घर्ती र दलित महिला सदस्यमा मधुमाया घर्ती निर्वाचित भएका छन् ।

वडा नं. १४ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार काजी मान श्रेष्ठ ७२६ मत प्राप्त गरी पुनः दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका नुर बहादुर आलेले ३४२ मत प्राप्त गरेका छन् । ससदस्यमा नेपाली कांग्रेसकै दुर्गा बहादुर आले, होम लाल थापा, महिला सदस्यमा नरी माया राना, दलित महिला सदस्यमा कृष्ण माया सुनार निर्वाचित भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker