रास्वपाका उपसभापति वाग्ले भन्छन् : ‘स्वदेशमै रोजगारी सृजना गर्नुपर्छ’

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं तनहुँ निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले स्वदेशमै रोजगारी सृजना गर्नुपर्ने बताएका छन् । युवाहरु रोजगारीको खोजीमा विदेशिने क्रम बढ्दै गएको र यो अवस्थालाई रोक्नका लागि अब स्वदेशमै रोजगारीको वातावरण सृजना गर्नुपर्नेमा उनले जोड दिएका हुन् ।

उपसभापति वाग्लेले दमौलीमा आज पत्रकारहरुसंग भेटाघाट गर्दै सरकारले प्राथमिकता साथ स्वरोजगार तथा सीपमूलक तालिकको व्यवस्था गर्दै अवसर सिर्जना गरी युवा विदेशपलायन हुने दर न्यूनीकरण गर्नुपर्नेमा जोड दिए ।

यस्तै, वर्षातमा पृथ्वी राजमार्गमा यात्रा गर्दा सास्ती हुने गुनासो आएपछि वर्षा अगावै सडक विस्तारको काम द्रूत गतिमा बढाउन निर्माण पक्षलाई आग्रह गर्दै आएको बताउँदै उनले भने, ‘राजमार्गको पूर्वी खण्डमा कामको प्रगति राम्रो देखिएपनि पश्चिमी खण्डमा ढिलाइ भएको हुँदा गुणस्तरीय काममा ध्यान दिंदै गति बढाउन आग्रह गरेका छौ ।’

सांसद वाग्लेले बिगतमा भन्दा आर्थिक वर्ष २०८१/०८२ मा तनहुँलाई उल्लेखनीय रुपमा बजेटले सम्बोधन गरेको बताएका छन् । अहिलेको मुख्य एजेण्डा विपद् व्यव्स्थापन भएको भन्दै सांसद वाग्लेले स्थानीय तह तथा सरोकार भएका सबै एकजुट भएर विपद् व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिए ।

आगलागी र हावाहुरीले पुर्‍याएको क्षतिलाई प्राथमिकतामा राखी क्षतिपूर्ति दिलाउन पहल गर्ने प्रतिबद्धता जनाउँदै उनले भने, ‘दमौली अस्पताललाई दुइ वटा डायलासिस मेसिन उपलब्ध गराइएको छ । संघीय संसदबाट गर्नुपर्ने पहल सकारात्मकरुपमा भइरहेको छ । पत्रकारिताको विकासमा योगदान दिन निडर, निष्पक्ष भएर कलम चलाउने पत्रकारलाई पुरस्कारको व्यवस्था गर्न तीन करोड रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।’

सांसद वाग्लेद्वारा आगलागी र हावाहुरी पीडितसँग भेटघाट

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डा वाग्लेले आगलागी र हावाहुरी पीडितसँग भेटघाट गरेका छन् । उनले आगलागी र हावाहुरीबाट भएको क्षतिका बारेमा जानकारी लिदै पीडितलाई उचित राहतको व्यवस्थापन गर्न लागि पर्ने बताएका छन् । डा वाग्लेले व्यास नगरपालिका-३ फलफूल लाइनमा यही जेठ ७ गते राति आगलागी भएको स्थलको अनुमगन गरे । उनले पीडितलाई तत्काल क्षतिपूर्ति र राहत उपलब्ध गराउन राज्यपक्ष गम्भीर हुनुपर्नेमा जोड दिए ।

यस्तै, डा वाग्लेलाई जेठ १७ गते अपराहृन आएको हावाहुरी र पानीले तनहुँका विभिन्न क्षेत्रमा सयौंको संख्यामा घर, गोठ र विद्यालयमा पुर्‍याएको क्षतिको बारेमा जानकारी गराइएको थियो । उक्त हावाहुरीले तनहुँको व्यास, भानु, बन्दीपुर र आँबुखैरेनी गाउँपालिका क्षेत्रभित्र रहेका घर, गोठ र विद्यालय, विद्युतका पोलहरुमा क्षति पुर्‍याएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker