दुइ महिनामा तनहुँका ८२३ जनामा डेंगु संक्रमण

भञ्ज्याङ न्यूज

तनहुँमा असोज र कात्तिक महिनामा ८२३ जनामा डेंगु संक्रमण भएको पुष्टि भएको छ ।

डेंगु संक्रमण बढेसँगै निको हुनेको संख्या पनि बढ्दै गएका कारण अस्पतालमा भीड कम हुन थालेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।

उनले भने, ‘धेरैजसो डेंगु पोजेटिभका बिरामी आफ्नै घरमा बसेर आराम गरिरहेकाले पनि अस्पतालमा हुने भीडमा कमी आएको छ ।’

जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत ४० भन्दा बढी प्रहरीहरुमा पनि डेंगु संक्रमण भएको छ । कार्यालयमा प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव उपरीक्षकसम्मका व्यक्तिलाई डेंगु संक्रमण भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

उनले भने, ‘मलाई पनि डेंगु संक्रमण भयो, शरीर निकै दुख्ने रहेछ, संक्रमण भएपछि १० दिन सुत्नुपर्‍यो तर अहिले निको भएको छ ।’

अस्पतालमा दैनिक दुइ सयको हाराहारीमा स्वास्थ्य परीक्षणका लागि मानिस आउने गरेको दमौली अस्पतालले जनाएको छ ।

डेंगुका बिरामीलाई प्रशस्त मात्रमा पानी पिउने र आराम गर्न सुझाव सल्लाह दिइएको अस्पतालका निमित्त प्रमुख डा दिवस ढकालले बताए । अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दैनिक आठ/दश जनामा डेंगु पोजेटिभ देखिने गरेको डा ढकालले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker