संरक्षणको पर्खाइमा ऐतिहासिक पाण्डुलिपि

तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित आदिकवि भानुजन्मस्थल विकास समितिको सङ्ग्रहालयमा राखिएको आदिकवि भानुभक्त आचार्यद्वारा लिखित पाण्डुलिपि धमिराले खाएको अवस्थामा । करिब २०० वर्ष अघि लेखिएको उनका अमूल्य हस्तलिखित पाण्डुलिपिहरू दराजभित्र राखिए पनि धमिरा तथा किराबाट सुरक्षित हुने व्यवस्था नमिलाइदा संरक्षणको पर्खाइमा बसेका छन् । जन्मस्थल विकास समिति राजनीतिक खिचातानीमा अल्झिदा ऐतिहासिक, साहित्यिक धरोहर खण्डहरु बन्दै गएको छ । तस्बिरः राधिका कँडेल/रासस










