दमौलीमा पुस २२ देखि पाँचौ आदिवासी महोत्सव गरिने

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौलीमा पुस २२ गतेदेखि पाँचौ आदिवासी जनजाति महोत्सव सञ्चालन गरिने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्ले व्यास नगरपालिका-३ विपी वनवाटिकामा माघे संक्रान्ति पर्वका अवसरमा पाँचौ आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सव २०७९ सञ्चालन गर्ने भएको हो ।

परिषद्का अध्यक्ष सुजित हिराचनले जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन क्षेत्रको प्रबर्द्धन गर्ने उद्देश्य सहित महोत्सव गर्न लागिएको बताए । महोत्सव सञ्चालनका लागि व्यास नगरपालिकाले विपी वनवाटिका खेलमैदान उपलब्ध गराउने निर्णय गरेको छ ।

परिषदले गत भदौ २६ गते नगरपालिकामा खेलमैदान उपलब्ध गराइदिन माग गर्दै निवेदन दिएकामा मंगलबार नगरपालिकाले अनुमति दिएको परिषद्का उपाध्यक्ष नन्दु थापाले जानकारी गराए । उक्त अवधिभर कुनै प्रकारको ध्वनी प्रदूषण नहुने गरी, फोहरमैला आयोजक संस्थाबाट नै पूर्णरुपमा सरसफाई गर्ने गरी महोत्सव स्थल उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker