ऋषिङ गढीडाँडा (फोटोफिचर)

तनहुँको ऋषिङ गाउँपालिकाको गढीडाँडाबाट प्राकृतिक सुन्दरता अवलोकन गर्दै युवायुवतीहरु ।

समुन्द्री सतहबाट करिब १२६० मिटर उचाइमा रहेको यस ऐतिहासिक गढीबाट उदाउँदो र अस्ताउँदो सूर्य, हिमाल र पहाडका मनोरम तरेली सहजै अवलोकन गर्न सकिन्छ ।

गाउँपालिकाले यस गढीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण कार्यलाई अगाडि बढाएको छ ।


तस्विर सौजन्य : वसन्ती मगर/भञ्ज्याङ










