बिना धितो र सस्तो ब्याजदरमा लगानी कार्यक्रम अन्तर्गत व्यासका दुइ टोललाई रकम हस्तान्तरण

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका कार्यालयले व्यास-१४ का दुइ वटा टोल विकास संस्थालाई रु २० लाखको चेक हस्तान्तरण गरेको छ । उक्त वडास्थित कुलुङ माझथर र सुडे मरौठे टोल विकास संस्थाका लागि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, सहकारी तथा साझेदारी शाखाका उपप्रमुख राजु पण्डित लगायतले वडाध्यक्ष काजीमान श्रेष्ठ र टोल विकास संस्थाका पदाधिकारीलाई रु १०/१० लाखका चेक हस्तान्तरण गरेका हुन् ।

नगरपालिकाले आफ्नो क्षेत्रभित्रका टोल विकास संस्थालाई बिना धितो र सस्तो ब्याजदरमा लगानी गर्दै आएको छ । टोल विकास संस्थामा आबद्ध सदस्यलाई सस्तो ब्याजदरमा रकम उपलब्ध गराइ आयआर्जनको माध्यम बनाउन सहयोग पुर्‍याउने उद्देश्यले लगानी गर्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताए ।

कोरोना संक्रमणका बेला कार्यालयमा बोलाएर रकम हस्तान्तरण गर्नुभन्दा गाउँमै गएर सेवा दिने योजना अनुरुप सम्बन्धित वडामा सहभागी भएर चेक प्रदान गरिएको उनले बताए । सो रकम टोल विकास संस्थाले एक वर्षपछि १५ प्रतिशत ब्याजसहित नगरपालिकालाई फिर्ता गर्नुपर्ने प्रावधान रहेको नगरपालिका सहकारी तथा साझेदारी शाखाका उपप्रमुख राजु पण्डितले जानकारी दिए। पन्ध्र प्रतिशत ब्याजमध्ये तीन प्रतिशत पुनः नगरपालिका कार्यालयले टोल विकास संस्थाकै खातामा पठाइदिने उनले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker