ऐतिहासिक क्षेत्रलाई जोड्न म्याराथन : मुख्यमन्त्री पोखरेल

भञ्ज्याङ समाचारदाता/दमौली

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऐतिहासिक दुइ स्थललाई जोड्ने गरी व्यास नगरपालिकाले दूरदर्शिता कायम गरेको बताउनुभएको छ ।

व्यास नगरपालिका-५ मानुङकोटदेखि व्यास-८ पुलिमराङसम्मको ४४ किलोमिटरको नगरपालिकाद्धारा आज आयोजित अल्ट्रा म्याराथनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले मानुङकोटबाट शहीदग्राम पुलिमराङलाई खेलकुदका माध्यमबाट परिचित गराउन म्याराथनले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेश सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गरिनु सकारात्मक पक्ष भएको उहाँले बताउनुभयो । खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बर्सेनि म्याराथनलाई प्राथमिकता राखिँदै आइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।

नगरपालिकाले खेलकुदकै लागि रु २२ लाख बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । नगरप्रमुख न्यौपानेले मानुङकोटमा पानीको चरम समस्या रहेकाले गण्डकी प्रदेश सरकारको सहयोगको अपेक्षा गर्नुभयो ।

उपप्रमुख मीरा जोशी, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, व्यास-५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठलगायतका वक्ताले व्यास नगरपालिकाले दीर्घकालीन सोचका साथ पर्यटन प्रवर्द्धन गर्न म्याराथनको आयोजना गरेको बताउनुभयो । योसँगै पाँचौँ व्यासनगर अल्टा म्याराथन २०७८ आयोजना गरिएको हो ।

हरेक नयाँ वर्षको पछिल्लो अङ्कलाई पुरस्कारको राशिमा समेट्ने परम्परालाई कायम राख्दै यस वर्ष प्रथम पुरस्कार रु ८५ हजार ७८, द्वितीय रु ६५ हजार ७८, तृतीया रु ५५ हजार ७८ र सान्त्वना पुरस्कार पाँच जनालाई जनही रु १६ हजार ७८ का दरले प्रदान गरिने छ ।

म्याराथनको सम्पूर्ण धावन रुट यथावत कायम रहने गरी धावनमार्गमा विभिन्न आठ स्थानमा चेकप्वाइन्टको व्यवस्था गरिएको छ । म्याराथनमा १७३ जना धावकले सहभागिता जनाएको रेस डाइरेक्टर रमेशबहादुर भट्टचनले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker