बन्दिपुरमा गणित विषयको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

भञ्ज्याङ समाचारदाता/बन्दिपुर

बन्दिपुरका १६ विद्यालयका बालबालिकाहरुबीच गणित विषयको हाजिरीजवाफ प्रतियोगिता गरिएको छ । बन्दिपुर गाउँपालिकाको आयोजना तथा जाइका आईमिन परियोजनाको सहयोगमा बन्दिपुर गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा २ र ३ का विद्यार्थीहरु बीच भानु माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता गरिएको हो ।

बालबालिकाको गणित विषयको सिकाइ सम्बन्धी अवस्था र बालबालिकाहरु बिचको सिकाइको आदानप्रदानको महत्वपूर्ण क्रियाकलापको रुपमा प्रतियोगिता संचालन गरिएको बताइएको छ । परियोजनाले पालिका भित्रका शिक्षकहरुको क्षमता बृद्धि, अतिरिक्त क्रियाकलापको माध्यमबाट बालबालिकाको सिकाइमा सहजिकरण गर्दै आइरहेको छ ।
सामुदायिक विद्यालयबिचको प्रतियोगितामा भानु मा.वि प्रथम, दिल आधारभुत विद्यालय द्धितीय, शिव मा.वि तृतीय र कालिका मा.विले सान्त्वना स्थान हासिल गरेका थिए। प्रतियोगितामा प्रति विद्यालय एक छात्रा सहित ३ जना विद्यार्थीहरुले भाग लिएका थिए ।

कार्यक्रम गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले हाजिरीजवाफ भन्ने बित्तिकै सामान्य ज्ञानका प्रश्नहरु सोध्ने चलन रहेकोमा हाल परियोजनासँगको सहकार्यमा तहगत र विषयगत रुपमा हाजिरीजवाफ संचालन गर्नु आफैमा नयाँ रहेको बताए । उनले भने, ‘यस प्रकारका प्रतियोगिताले विद्यार्थीले रमाउदै, मनोरञ्जन लिँदै सिक्ने वातावरण तयार हुनुका साथै शिक्षकहरुले आफ्ना विद्यार्थीहरुको सिकाइका समस्याहरु समेत पहिल्याउन मद्दत पुग्ने हुँदा यस प्रकारको प्रतियोगिता आगामी दिनमा गाउँपालिकाले माथिल्ला कक्षामा समेत संचालन गर्नुपर्छ ।’

कार्यक्रममा परियोजनाको तर्फबाट केनिति तानाकाले बालबालिकामा सामान्य गणितीय क्रियामा समेत समस्या रहेको बताउँदै शिक्षकले थप सहायता गर्नुपर्ने बताए । परियोजनाको सहयोगमा वितरीत गणित विषयको स्वअध्याय सामाग्रीबाट प्रश्नहरु तयार भएकाले उक्त सामाग्रीको समेत समुचित प्रयोगमा उनले जोड दिए ।
१६ विद्यालयलाई पहिलो चरणमा ८/८ वटाको समुह बनाई २८ वटा मौखिक र ४ वटा लिखित प्रश्नका माध्ययबाट शिर्ष ३/३ समुहलाई अन्तिम चरणमा प्रतिस्पर्धा गराइएको थियो । जम्मा २४ वटा मौखिक र ४ वटा लिखित प्रश्नहरु अन्तिमा चरण्मा सोधिएका थिए । यस अघि बाँकी १५ विद्यालय विच पवित्रा मा.विमा पहिलो चरण अन्तर्गत प्रतियोगिता संचालन भएको थियो ।

उक्त समुहबाट पवित्रा मा.वि प्रथम, सेतिगंगा आ.वि द्धितीय, जगदिश्वर आ.वि तृतीय र विष्णु मा.विले सान्त्वता स्थान हासिल गरेका थिए । गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णु खत्री क्षेत्रीको अध्यक्षता आयोजित कार्यक्रम पवित्रा मा.विका शिक्षक शरदचन्द्र खनालले संचालन गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker