कात्तिकको अन्तिम मङ्गलबार थानीमाइलाई ६६ फूलको डोली

दमाैली, २५ कात्तिक । यहाँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाइ मन्दिरमा कात्तिकको अन्तिम मङ्गलबार आज ६६ फूलको डोली भित्रिएको छ । देशका विभिन्न ठाउँबाट आएका भक्तजनले मन्दिरमा फूलको डोली भित्र्याएका हुन् ।
त्यसक्रममा आठ हजार पाँच सय ७० जना भक्तजनले मन्दिरमा दर्शन गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले खबरपुञ्जलाई जानकारी दिए ।
उनका अनुसार तनहुँबाट ३०, काठमाडौबाट आठ, लमजुङबाट १४, चितवनबाट एक, गोरखाबाट नौ, नवलपरासीबाट एक, रुपन्देहीबाट एक र कास्कीबाट दुई फूलको डोली भित्रिएको छ । मन्दिरमा फूलको डोली भित्र्याउन बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो ।










