बुद्धसिंह मोटर मार्ग र घुमाउने पुलको सन्दर्भमा पूर्णरुपमा सकरात्मक छु : मुख्यमन्त्री अधिकारी

भञ्ज्याङ न्यूज

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बुद्धसिंह मोटर मार्ग र घुमाउने घाटको निर्माणाधिन पुलको सन्दर्भमा आफू पूर्णरुपमा सकरात्मक रहेको बताएका छन् । तनहुँको दमौलीमा बुधबार पाँचौ आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सव २०७९ को समापन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

पृथ्वीराजमार्गको वैकल्पिक मोटर मार्गको रुपमा रहेपनि लामो समयसम्म सडकको स्तरोन्नती हुन नसकेको र घुमाउने घाटमा निर्माणाधिन अवस्थामा रहेको पक्कि मोटरेवल पुल पनि अलपत्र अवस्थामा रहेको हुँदा प्रदेश सरकारले सडकको स्तरोन्नती र पुल निर्माणमा पहल गर्ने मुख्यमन्त्री अधिकारीले प्रतिवद्धता जनाएका छन्।

महोत्सव समापन समारोहमा बोल्दै मुख्यमन्त्री अधिकारीले तनहुँका आदिवासी जनजातिहरुले निर्माण गर्ने तयारी गरेको आदिवासी जनजाति साँस्कृतिक संग्राहलयका लागि प्रदेश सरकारको तर्फाट गच्छेअनुसारको सहयोग र साथ दिने प्रतिवद्धता जनाएका छन् ।

यस्तै, नेकपा -एमाले) व्यास नगर कमिटीले बुधबार दमौलीमा आयोजना गरेको सम्मान कार्यक्रममा मुख्यमन्त्री अधिकारीले धेरै कुरा गर्ने तर काम नगर्ने प्रवृत्ति हाबी भएको भन्दै आफूहरु काममा केन्द्रित हुने बताएका छन् । ‘विकास नहुनुको मुख्य जड कुरा बढी गर्ने प्रवृत्ति रहेको छ’, उनले भने, ‘अहिलेको सरकारले कामबाटै जनताको विश्वासलाई पूरा गरेर देखाउनेछ । जनताले कुरा गर्ने नेतालाई पत्याउन छाडेका छन् ।’

गण्डकी प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने भन्दै मुख्यमन्त्री अधिकारीले सानो आकारको मन्त्रिमण्डल बनाइने प्रष्ट पारेका छन् । उनले भने, ‘ठूलो आकारको सरकार बनाउने पक्षमा हामी छैनौं, सानो र चुस्त आकारको मन्त्रिमण्डल बनाउँछौं ।’

नेकपा -एमाले) स्थायी कमिटी सदस्य समेत रहेका अधिकारीले चौतर्फी घेराबन्दी हुँदा पनि पार्टीले सफलता हासिल गरेको बताए । विकास निर्माणमा सरकारको स्रोतसाधनले भ्याएसम्मका काम गर्ने बताउँदै मुख्यमन्त्री अधिकारीले भने, ‘पार्टीलाई एकताबद्ध भएर अगाडि बढाऔं, एमाले लोकप्रिय पार्टी हो ।’

कार्यक्रममा नेकपा -एमाले) जिल्ला कमिटी अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महत, एमाले केन्द्रीय सल्लाहकार सदस्य एकबहादुर रानालगायतको उपस्थिति थियो ।

महोत्सव सम्पन्न

तनहुँको दमौलीमा गत पौष २२ गते शुक्रबारदेखि सुरु भएको पाँचौ आदिवासी जनजाती तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सव बुधबार सम्पन्न गरिएको छ । महोत्सवको बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले समापन गरेका हुन् ।

‘अमुल्य भाषा संस्कृतिको संरक्षण गरौ, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं भन्ने मूल नाराका साथ आयोजित महोत्सवको अन्तिम दिन १० हजार दर्शकले महोत्सव अवलोकन र ८ लाखको कारोबार भएको महोत्सवका प्रवक्ता नन्दु थापा मगरले जानकारी दिए।

त्यस्तै महोत्सवको अन्तिम दिनसम्म कुल १ लाख ५२ दर्शकले महोत्सव अवलोकन र १ करोड ५० को कारोबार भएको प्रवक्ता मगरले बताए । महोत्सवको अन्तिम दिन बुधबार राष्ट्रिय गायक गायिकाको प्रस्तुति रहेको थियो ।

नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजनामा भएको महोत्सवको अन्तिम दिन बुधबार गायिका चिना थापा र र्‍यापर मिस्टर डि को प्रस्तुती रहेको थियो । पौष २२ गते शुक्रबारदेखि व्यास-३ दमौली स्थित विपी वनवाटिकाको खेल मैदानमा सुरु भएको महोत्सव माघ ४ गते बुधबारसम्म संचालन भएको हो । महोत्सवमा २३० वटा स्टल निर्माण गरिएको थियो ।

महोत्सवले पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको अध्यक्ष सुजित हिराचनले बताए । महोत्सवमा दर्शकलाई मनोरञ्जन दिनको लागि राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरु ल्याइएको महोत्सवकी निर्देशक बसुन्धरा घर्तीले बताइन्।

त्यसैगरी महोत्सवको कृषि प्रदर्शनीमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ । स्टलमा घरेलु तथा हस्तकला, होटेल तथा रेस्टुरेन्ट, डेरी, आइटि इलेक्टिकल्स, बैक तथा वित्तिय संस्था, आइसक्रीम स्टल, अटोमोवाइल्स स्थानीय उत्पादन प्रदर्शन तथा विक्रि स्थल लगायतका स्टलहरु राखिएको र्घर्तीले बताइन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker