सांसद सहित फिरफिरेको घरदैलो एमालेका उम्मेद्वार
भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

नेकपा एमालेको तर्फबाट शुक्लागण्डकी नगरपालिकाको मेयरमा उम्मेद्वारी दिएका मुक्ति तिम्लिसिना र उमपेयरकी उम्मेद्वार फुलमाया वाग्लेले सोमबार फिरफिरेको गाउँ गाउँमा पुगेर मतदातालाई भेटेका छन् ।
संघीय सांसद केदार सिग्देल, नेकपा एमालेकी केन्द्रीय सदस्य सविता रसाइली, गण्डकी प्रदेश सदस्य रामचन्द्र उपाध्याय सहितको उम्मेद्वारको टोली फिरफिरेको मतदातासँग भेटघाट गरेका हुन् ।
शुक्लागण्डकी नगरपालिका-९ घारीबाट सुरु भएको मतदाता भेटघाट कार्यक्रम शुक्लागण्डकी-१२ को लिलाचोक, प्युरीदोभान, जसपुर, लामागाउँ हुदै घरेडी गाउँसम्म पुगेका छन् । फिरफिरेका मतदातासँग संघीय सांसद केदार सिग्देलले यसपाली नेकपा एमालेलाई विजयी गराउन अनुरोध गरे । उनले फिरफिरे क्षेत्रलाई प्राथामिकतामा राखेर विकास गर्ने उल्लेख गरे ।
मेयरका उम्मेद्वार मुक्तिनाथ तिम्लिसिनाले फिरफिरे क्षेत्रको पहिरोलाई रोक्न विशेष योजना निर्माण गर्ने बताए । गाउँबाट बसाइसराइ रोक्ने गरेर विकास गर्ने उनको भनाई छ । ‘गाउँमै बसुबसु लाग्ने बनाउने अभियानमा हामी लाग्नेछौं ।
फिरफिरेको पर्यटनलाई प्रबर्द्धन गर्दै पर्यटकीय गाउँ बनाउने योजना छु’, उनले भने । घरेडी गाउँमा रहेको मिलेनियम गुफाको पुर्वाधार विकास गर्दै प्रचारप्रसारमा लाग्ने उनले बताए । घरदैलोमा पुग्दा स्थानीयले यसपाली एमालेले विजयी गराउने बताएको उपमेयरकी उम्मेद्वार फुलमाया वाग्लेले बताइन् ।
एमालेका उम्मेद्वारहरुले मंगलबार राइपुर क्षेत्रका मतदाता भेट्ने कार्यक्रम रहेको छ । फिरफिरेको भोर्ले बराहडाँडा हुदाँ साँखे पुगेर राइपुरको थामडाँडा, भुस्नापुर हटिया, बिसौना, खोलाखेत, छाक्रा, अलैचे, पाल्पालीछाप, नाम्सीकोट र जरेबरका जनतासँग साक्षत्कार गर्ने कार्यक्रम रहेको नेकपा एमाले निर्वाचन परिचालन कमिटी शुक्लागण्डकीले जनाएको छ ।










