अपाङ्गता भएका ११ जनालाई हृविलचियर वितरण

भञ्ज्याङ समाचारदाता/दमौली

रिसेड तनहुँले अपाङ्गता भएका ११ जनालाई हृविलचियर वितरण गरेको छ । अन्तर्राष्ट्रिय हृविलचियर दिवसका अवसर व्यास नगरपालिकाको सहयोगमा उक्त हृविलचियर वितरण गरिएको रिसेडले जनाएको छ । व्यास नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले उक्त हृविलचियर वितरण गरेका थिए ।

व्यास नगरपालिकाभित्र बसोबास गर्ने विभिन्न वडाका पूर्ण तथा आंशिक अपाङ्गता भएकाहरुलाई हृविलचियर वितरण गरिएको रिसेडका उपाध्यक्ष इश्वर बास्तोलाले जानकारी दिए । उनका अनुसार भरत चुवाङ, सन्जिव बोटे, कुशदिप घिमिरे, नर बहादुर थापा कुवर, मालिका बानिया, बोधरा गुरुङ, सूर्य कुमाल, मिना श्रेष्ठ, महम्मद सफिरलाई हृविलचियर सहयोग गरिएको हो । अपाङ्गता भएका व्यक्तिहरुको जीवनस्तरमा सुधार ल्याउन नगरपालिका रिसेडसँग मिलेर काम गर्न तयार रहेको नगरप्रमुख न्यौपानेले बताए ।

सहृदयी मञ्च तनहुँकी अध्यक्ष सावित्री सुवेदीले सहायक सामग्री जीवन गुजाराका लागि महत्वपूर्ण रहेको बताउँदै अपाङ्गता पहिचान गरी घरदैलोमा पुगेर सामग्री उपलब्ध गराउनुपर्नेमा जोड दिइन् । अपाङ्गता अधिकारकर्मी मदन पौडेलले अपाङ्गता भएका व्यक्तिका लागि सहायक सामग्रीले धेरै ठूलो प्रभाव पार्ने हुँदा वितरण प्रक्रियामा गुणस्तरीयताको मापन गर्नुपर्ने उल्लेख गरे । सामाजिक विकास कार्यालयका प्रमुख विक्रम सुवेदीले अपाङ्गताको क्षेत्रमा सामाजिक विकास कार्यालयले सहायक सामग्री वितरण, लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै आएको जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker