सुत्केरी घरभेट

तनहुँको ऋषिङ गाउँपालिका-१ को काहुँशिवपुर स्वास्थ्य चौकीको सुत्केरी आमाहरूको लागि सुत्केरीपश्चातको नियमित रूपमा घरभेट कार्यक्रम अन्तर्गत रक्तचाप परीक्षण गर्दै स्वास्थ्यकर्मी । स्वास्थ्य चौकीले कार्यक्रम अन्तर्गत तेस्रो पटकको उत्तरप्रसुति घरभेट गरी सुत्केरी पश्चात अपनाउनु पर्ने स्वस्थ्य बानिव्यवहार र पोषणयुक्त खानपानदेखि नवजात शिशुको स्याहारका विषयमा आमालाई सुसूचित गर्ने गर्दछ । तस्विर : भञ्ज्याङ










