अन्तर्राष्ट्रिय नारी दिवस : दमौलीमा महिला उद्यमी व्यापार प्रदर्शनी मेला

तनहुँको दमौलीमा पहिलो पटक महिला उद्यमी व्यापार प्रदर्शन एवं प्रवर्द्धन मेला हुने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर जिल्लास्थित महिला उद्यमी सङ्घ नेपालले आजदेखि २७ गतेसम्म व्यापार प्रदर्शन एवं प्रवर्द्धन मेला गर्न लागेको हो ।

महिला उद्यमीले उत्पादन गरेका सामग्री बिक्री वितरण गर्ने उद्देश्यसहित मेला गर्न लागिएको सङ्घकी अध्यक्ष निर्मला मल्लले जानकारी दिनुभयो । महिला उद्यमीले उत्पादन गरेका सामग्री बजारीकरणमा मेलाले सहयोग पु¥याउने उहाँको भनाइ थियो ।

अध्यक्ष मल्लले भन्नुभयो, “परम्परागत सीप र पेसालाई प्रवर्द्धन गर्न र स्थानीयस्तरमा उत्पादन भएका विभिन्न वस्तु बिक्रीका लागि मेला सहयोगी हुने विश्वास लिएका छौँ । यसले महिला उद्यमीलाई थप प्रोत्साहन हुनेछ ।” उहाँका अनुसार मेलामा ५० स्टल रहने छन् ।

मेलामा होजियारी, हस्तकला, कृषिजन्य सामग्री बिक्री वितरणका स्टल रहनेछन् । बाहिरबाट खरिद गरेर ल्याइएका सामग्री बिक्री वितरण गर्न नपाइने र स्थानीय स्तरमै उत्पादित वस्तुमात्रै बिक्री गर्न पाइने मेला आयोजकको भनाइ छ ।

तीन दिनसम्म सञ्चालन हुने मेलामा करिब ४० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । मेला सम्पन्न गर्नका लागि रू सात लाख खर्च हुनेछ ।

लोप हुँदै गएका परम्परागत सामग्रीको पहिचान र बजारीकरणका लागि मेलाले सहयोग पुग्ने सङ्घ दुलेगौडा इकाइ अध्यक्ष तुलसी शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेका पुस्तालाई परम्परागत सामग्रीका बारेमा जानकारी छैन । त्यसका लागि पनि मेलाले सहयोग गर्नेछ ।”

व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले नगरपालिकाले विभिन्न वडामा महिला उद्यमी तयार पारेको भन्दै तिनै उद्यमीलाई प्रोत्साहन गर्न मेलाले सहयोग पुग्ने बताउनुभयो ।

मेलामा स्थानीय तथा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारको प्रस्तुति, महिलाको आर्थिक, सामाजिक र कानुनी हक स्थापित गर्न चेतनामूलक कार्यक्रम, वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम गरिने सङ्घकी सचिव सरु श्रेष्ठले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker