पितृको सद्गतिका लागि महादीपदान गर्न देवघाटधाममा हजारौं भक्तजन (फोटोफिचर)

बाला चतुर्दशीको अवसरमा आइतबार शतबीज छर्नका लागि तनहुँको देवघाटधाममा जाग्राम बस्न हजारौं भक्तजन आएका छन् ।

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै देवघाटधाम, पशुपतिनाथ लगायत देशभरका शिवालयमा गरिने महादीपदानका लागि भक्तजनको भीड लागेको छ ।

प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीको बेलुकीदेखि पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा यो मेला लाग्ने गर्छ ।

पशुपतिनाथ, देवघाट लगायत देशभरका शिवालयमा आइतबार बेलुकी दिवङ्गत पितृका नाममा बत्ती बालिएको छ ।

मंसिर २५ गते सोमबार बिहान दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रको विशेषगरी मृगस्थलीमा शतबीज छरिन्छ ।

यसका लागि आइतबार बिहानैदेखि लाखौं भक्तजन शिवालय मन्दिरमा पुगेका छन् ।

प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण चतुर्दशीको बिहान पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छर्ने गरिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker