बन्दिपुर गाउँपालिकाको आठौं गाउँसभा, चार विधेयक पारित, विघटनको रोग प्रदेशतर्फ र्सन हुँदैन : मन्त्री चुमान

भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर गाउँपालिकाले बुधबार आठौं गाउँसभा सम्पन्न गरेको छ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीको उपस्थितिमा गरिएको गाउँसभामा विभिन्न चार वटा विधेयक पारित गरिएको छ ।

गाउँपालिका अध्यक्ष पूर्णसिं थापाको अध्यक्षतमा आयोजित गाउँसभामा संसोधित विनियोजन विधेयक, कृषि व्यवसाय प्रवर्द्धन विधेयक, बालबालिकाको अधिकार तथा सुशासन सम्बन्धी विधेयक पारित गरेको छ भने वडामा कार्यान्वयन गर्न नसकिएका र साना प्रकृतिका १० योजना मर्ज तथा संशोधन समेत गरिएको छ ।

यस्तै, गाउँसभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले स्थानीय पालिका जनताको घरदैलोको सरकार भएकाले जनभावना अनुसार काम गर्न आग्रह गरे ।

मुलुक संघीयतामा गएसंगै तीन तहको सरकार सञ्चालनमा रहेको र अहिले संघीय संसदमा देखिएको विघटनको रोग प्रदेशतर्फ र्सार्न नहुने बताए । उनले भने, ‘संसद विघटनको रोग प्रदेशतर्फर्सन हुँदैन, त्यसका लागि आफुले बहस गर्दै आएको छु ।’

‘पार्टी भित्रको विवादका कारण संसद विघटन भएकाले पार्टी विवादको छाँया संसदमा पर्न हुँदैन’, मन्त्री चुमानले भने, ‘आफ्नो मन्त्री पद जोगाउन हरि चुमानले यस्तो बहस चलाएको भन्ने पनि सुनिन आएको छ, मलाई पदको कुनै लोभ छैन ।’

‘प्रदेश पनि विघटन हुने हो भने संघीयता धरापमा पर्दछ’, उनले भने, ‘संघीयता रक्षाका लागि सबै जिम्मेवार हुनुपर्दछ । विघटित संसद पुनःस्थापना हुन सक्यो भने पार्टी पुनः एकैठाउँमा आउन सक्छ ।’

त्यस्तै, गाउँसभामा उपाध्यक्ष करुणा गुरुङद्वारा प्रस्तुत संशोधित विनियोजित विधेयक, आर्थिक विकास समितिका संयोजक कृष्णप्रसाद लामिछानेद्वारा प्रस्तुत कृषि व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सामाजिक विकास समितिका संयोजक सन्तबहादुर गुरुङद्वारा प्रस्तुत बालबालिकाको अधिकार व्यवस्थित गर्न बनेको विधेयक, सार्वजनिक सेवा प्रवाह तथा सुशासन समितिका संयोजक भानुभक्त पोख्रेलद्वारा प्रस्तुत सेवा प्रवाहलाई जानमुखि र पारदर्शी बनाउने सुशासन विधेयक पारित गरिएको छ ।

संघीय संसदको ढाँचामा सञ्चालन गरिएको गाउँसभामा विधेयक प्रस्तुत गरेपछि गाउँसभाका सदस्यहरुलाई उक्त विधेयकमाथि छलफल गर्न दिइएको र सबै विधेयक र्सवसम्मतबाट पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी गराए ।

यस्तै, विषयगत समितिमा छलफल भै विधान समितिबाट कार्यपालिकामा पेश भएका उपाध्यक्षसंग महिला कार्यक्रम सञ्चालन गर्न बनेको कार्यविधि, २०७७, घर नक्सा पास तथा अभिलेखिकरण सम्बन्धी व्यवस्था गर्ने कार्यविधि २०७७, गैरसरकारी संघ संस्थाको परियोजना स्वीकृति, संचालन र समन्वय सम्बन्धी निर्देशिका २०७७, गाउँ युवा परिषद्को सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधि २०७७, लेखा समितिको कार्य सञ्चालन सम्बन्धमा बनेको कार्यविधि २०७७ गाउँसभाले र्समर्थन गरी स्वीकृत गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker