होरालो सारदा शिक्षा सदनले जित्यो भनु नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड

डिपि अधिकारी/भञ्ज्याङ

तनहुँको भानु नगरपालिकाले सञ्चालन गरेको चौथो भानु नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भानु-२ को होमराज लोहनी सारदा शिक्षा सदन माध्यमिक विद्यालयले जितेको छ ।

‘स्वास्थ्यको लागि खेलकूद, राष्ट्रको लागि खेलकूद’ भन्ने नाराका साथ भानुको शिक्षा, युवा तथा खेलकुद शाखाले वडा नं. २ को सुन्दर प्राथमिक विद्यालयको गोठेरी खेल मैदानमा विहीबारदेखि शनिबारसम्म सञ्चालन गरेको खेलकुद प्रतियोगितामा १५ अंक प्राप्त गरी उपाधी जित्न सफल भएको हो ।

नगरपालिका क्षेत्रका २० वटा सामुदायिक माध्यमिक, आधारभूत विद्यालय र ३ वटा संस्थागत गरी २४ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको प्रतियोगितामा ८ स्वर्ण, ४ रजत र ३ कास्य पदक गरी १५ अंकका साथ होरालो सारदा शिक्षा सदन प्रथम हुन सफल भएको छ ।

प्रतियोगितामा कालिका मावि भानु-९ डुम्रिखर्क ५ स्वर्ण, ४ रजत र ४ कास्य पदक गरी १३ अंकका साथ द्धितीय भएको छ । राष्ट्रिय मावि मयाखुले ४ स्वर्ण, ३ रजत र १ कास्य पदक गरी ८ अंकका साथ तृतीय हुन सफल भएको शिक्षा शाखा प्रमुख ध्रुवराज पौडलले बताए ।

भलिबल, कबड्डी र एथलेटिक्स विधामा गरी जम्मा ३० वटा इभेन्टहरूमा भएको प्रतियोगितामा प्रथम हुने होमराज लोहनी सारद शिक्षा सदन माविले २५ हजार रुपैयाँ नगद, रनिङशिल शिल्ड र प्रमाणपत्र पाप्त गरेको छ । द्धितीय हुने कालिका माविले २० हजार रुपैयाँ नगद शिल्ड र प्रमाणपत्र पाप्त गरेको छ भने तृतीय हुने राष्ट्रिय मावि मयाखुले १५ हजार रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र पाप्त गरेको छ ।

विजयी विद्यालय र खेलाडीहरुलाई नगरपालिकाकी उप-प्रमुख उमा गोतामे, सामाजिक विकास समितिका संयोजक एवं वडा नं. १० का वडाअध्यक्ष हरिहर उप्रेती, नेपाल शिक्षक संघका नगर सभापति उपेन्द्र बिष्ट, शिक्षक संगठनका अध्यक्ष हृदय भट्ट लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा त्रिभुवन मावि मानेचौकाले ३ स्वर्ण, २ रजत र २ कास्य पदक गरी ७ अंक, फिस्टेल बोर्डिङ स्कूल भानु १ ले ३ स्वर्ण, २ रजत पदक गरी ५ अंक, जनजागृति मावि भानु ३ ले २ स्वर्ण, १ रजत र २ कास्य पदक गरी ५ अंक, मनोहर माविले १ स्वर्ण, ३ रजत र ३ कास्य पदक गरी ७ अंक, चोक मावि भानु १० ले १ स्वर्ण, ३ रजत र ३ कास्य पदक गरी ७ अंक, हिमालय माविले १ स्वर्ण, १ रजत र १ कास्य पदक गरी ३ अंक, पुर्कोट माविले १ स्वर्ण र १ रजत पदक गरी २ अंक, जनजागृति मावि भानु १० ले १ स्वर्ण पदक प्राप्त गरेका छन् ।

यस्तै, आदर्श सरस्वती माविले २ रजत र २ कास्य पदक गरी ४ अंक, नारायणी आधारभूत विद्यालय भानु ५ ले १ रजत र १ कास्य पदक गरी २ अंक, जयबुद्ध बोर्डिङ स्कूल भानु ३ ले १ रजत र १ कास्य पदक गरी २ अंक, सरस्वती सदन मावि भानु ५ ले १ रजत पदक, चन्द्रावती माविले १ रजत पदक, भानु संस्कृत मावि भानु ४ ले २ कास्य पदक, कर्मदा मावि भानु ९ ले १ कास्य पदक, अरनिको मावि भानु १३ ले १ कास्य पदक, जनसहयोगी मावि भानु १३ ले १ कास्य पदक र सरस्वती माविले १ कास्य पदक प्राप्त गरेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker