विश्व फोटोग्राफी दिवसमा आर्थिक सहयोग
भञ्ज्याङ न्यूज

१८२औ विश्व फोटोग्राफी दिवसको अवसरमा फोटोग्राफर एशोसियशन तनहुँले आर्थिक सहयोग गरेको छ । एशोसियशनले तनहुँ उद्योग वाणिज्य संघको कोभिड संकट व्यवस्थापन कोषका लागि १० हजार १०५ रुपैयाँ विहीबार एक कार्यक्रमका बीच आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।
फोटोग्राफर एशोसियशन तनहुँका अध्यक्ष बलभद्र श्रेष्ठले तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष इम कुमार मल्ललाई उक्त रकम हस्तान्तरण गरेका छन् ।
रकम बुझ्दै उपाध्यक्ष मल्लले कोभिड-१९ को संकट व्यवस्थापनमा गरिएको सहयोग प्रति एशोसियशनलाई धन्यवाद व्यक्त गर्दै हामी एउटै छाता संगठनमा रहेको आगामी हरेक कार्यक्रम तनहुँ उद्योग वाणिज्य संघ साथ रहेको बताए ।
एशोसियसनका अध्यक्ष श्रेष्ठले कोभिड-१९ को कारणले हाम्रा व्यवसायी साथीहरु धेरै नै मर्कामा परेको र यस्तो विषम् परिस्थितिमा कही कतैबाट सहयोग नभएको गुनासो गरेका थिए ।
कार्यक्रममा एशोसियशनका प्रथम उपाध्यक्ष आलोक कुमाल, कोषाध्यक्ष प्रेम श्रेष्ठ, वरिष्ठ सल्लाहकार कुमार मोहन श्रेष्ठ, सदस्यहरु राजकुमार रानाभाट, अस्विन किशोर श्रेष्ठ र उद्योग वाणिज्य संघका तर्फाट महिला उद्यमीका सभापति शकुन्तला आले, कार्यकारी सचिव सिता गुरुङ र विनोद गोशली लगायतले विश्व फोटोग्राफि दिवसका अवसरमा शुभकामना आदानप्रदान गरेका थिए ।










