माओवादी केन्द्रका नेता भानुभक्तले छाडे पार्टी
भञ्ज्याङ न्यूज

नेकपा (माओवादी केन्द्र) बन्दिपुरका नेता भानुभक्त पोख्रेलले पार्टी परित्याग गरेका छन् । बन्दिपुर गाउँपालिका-१ का पूर्व वडाध्यक्ष समेत रहेका पोख्रेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेका जानकारी गराएका छन् ।
माओवादीको मूल नेतृत्वबाट राजनीतिक रुपमा देशलाई अगाडी बढाउन सम्भावना नदेखिएको हुँदा एउटा जनस्तरमा एकाकर भएको जनमुखी राजनीतिक यात्रामा ठूलो चुनौति सामना गर्दै क्रियाशील रहेको पार्टीबाट अलग भएको घोषणा गरेको पोख्रेलले बताएका छन् ।
पूर्ण लोकतान्त्रिक प्रणाली मार्फत जनमुखी, सुशासन र आर्थिक आत्मनिर्भरता सहितको कार्यक्रमबाट समाजवादी यात्राको लागि निराश परिस्थितिलाई आशामा बदल्न जनता, राष्ट्रप्रति निष्ठावाान राजनीतिक यात्रामा अघि बढ्न पोख्रेलले आग्रह गरेका छन् ।
उनले हाम्रो पुस्ताको काँधमा रहेको ठुलो राजनीतिक दायित्व बोध गर्दै अनेकन प्रतिकुलताको बिचबाट पनि निरन्तर जनताको काममा खटिनै रहेको छु । मेरो सचेतना उमेरदेखि हालसम्म विभिन्न मोर्चामा रहेर पछिल्लो समय नेकपा (माओवादी केन्द्र)मा क्रियाशलि रहेको र अबबाट माओवादी केन्द्रबाट अलग भएको घोषणा गर्दछु विज्ञप्तिमा भनेका छन्।
जारी विज्ञप्ति











