भलिबल खेल र दर्शक

तनहुँको दमौलीमा नमस्ते देउराली युथ क्लव व्यास–३ ले आयोजना गरेको खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्दै गरेका शुक्लागण्डकी नगरपालिका–१२ र ऋषिङ गाउँपालिका–६ का खेलाडीहरु । आइतबार साँझ भएको फाइनल खेल निकै प्रतिस्पर्धात्मक खेलामा दुबै टिमले २/२ सेटमा जित निकालेका र अन्तिम पाँचौ सेट खेल्नका लागि अधेरो भएकाले आज सोमबार अन्तिम सेटको खेल खेलाउने गरी स्थागित गरिएको छ । प्रतियोगितामा विजेताले नगद ५५ हजार रुपैयाँ पुरस्कार पाउने बताइएको छ । दमौलीमा व्यवस्थित खेल मैदान अभावमा नियमित रुपमा खेलकुदका गतिविधि हुन सकेका छैनन् भने दर्शकहरुले पनि निकै सकसपूर्ण रुपमा खेल अवलोकन गर्दै आएका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ










