तनहुँमा एमालेको मिसन ग्रासरुट अभियान सुरु

भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा (एमाले) तनहुँले मिसन ग्रासरुट अभियान सुरु गरेको छ । एमाले तनहुँको आइतबार सम्पन्न सचिवालय बैठकले केन्द्रीय कार्यक्रम अनुसार आगामी दुइ महिनाका लागि उक्त अभियान सञ्चालन गर्ने भएको छ ।

मिसन ग्रासरुट अभियान अन्तर्गत म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिकामा सीमा क्षेत्री, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र भिमाद नगरपालिकामा बालसिं काउछा मगर, व्यास र भानु नगरपालिकामा विद्या भट्टराइ, बन्दिपुर, देवघाट र आँबुखैरेनी गाउँपालिकामा कृष्णप्रसाद पौडेल खटिएका छन् ।

मिसन ग्रासरुट अभियानमा दशौं महाधिवेशनको कार्यदिशा, दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता विरुद्धको वैचारिक संघर्ष, विभिन्न राजनीतिक दलसँगको पार्टीका राजनीतिक वैचारिक भिन्नता, पार्टी निर्माण सम्बन्धी मार्क्सवादी दृष्टिकोण र पार्टी सदस्यका अधिकार, कर्तवय र कार्यशैली सम्बन्धमा प्रशिक्षण गरिने एमाले तनहुँका उपसचिव प्रदीपराज अधिकारीले बताए ।

एमाले जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षता र केन्द्रीय सचिव पद्मा अर्यालको उपस्थितिमा सम्पन्न बैठकले पार्टी सदस्यता नवीकरण र विस्तार मार्फत आधारभूत तहमा पार्टी सदस्यको तथ्याङक संकलन गर्ने निर्णय गरिएको छ ।

बैठकले फागुन १६ र १७ बन्दिपुरमा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रममा पार्टीका उपमहासचिव तथा स्कूल विभाग प्रमुख प्रदीप ज्ञवालीले प्रशिक्षण दिने बताइएको छ ।

बैठकले फागुन २५ गते जिल्ला सल्लाहकारको बैठक, २६ गते मोर्चा संयन्त्रको बैठक, चैत १५ गतेभित्र विभागहरुको बैठक, वैशाख ४ र ११ गते पालिका पदाधिकारी र निर्वाचित जनप्रतिनिधिको संयुक्त बैठक, फागुन १९ गते व्यास, ऋषिङ, आँबुखैरेनी र म्याग्दे, २० गते भानु, बन्दिपुर, भिमाद र शुक्लागण्डकी, २१ गते देवघाट र घिरिङको बैठक आयोजना गरिएको एमाले तनहुँले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker