अपाङ्गता भएकालाई सहायक सामाग्री वितरण

- भञ्ज्याङ समाचारदाता (म्याग्दे)
तनहुँको म्याग्दे गाउँपालिकाले अपाङ्गता भएका ब्यक्तिहरूका लागि निःशुल्क सहायक सामाग्री वितरण गरेको छ । राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाज काठमाडौंको सहयोगमा गाउँपालिकाले १४ वटा हृविल चेयर, ६ वटा बैशाखी र ५ वटा सेतो छडि वितरण गरेको हो । सहायक सामाग्री वितरण गर्दै गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले शारीरिक रूपमा अपाङ्ग भए पनि मानसिक रूपमा सबै जना निकै सक्षम रहेको बताइन् ।
यस्तै, गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले क्षमता हुँदाहुँदै पनि केही मानिसहरू अपाङ्गताको अवस्थामा बस्नुपरेको बताए । राष्ट्रिय अपाङ्ग पुनःस्थापना केन्द्रका सुगम भट्टराइले गाउँपालिकाको अनुरोधमा आँफुहरूले सहायक सामाग्री लिएर आएको बताए ।










