तनहुँको शुक्लागण्डकी नगरपालिकाले सार्वजनिक जग्गामा बनेका संरचना हटाउने
भञ्ज्याङ न्यूज

तनहुँको शुक्लागण्डकी नगरपालिकाले सार्वजनिक जग्गामा बनेका संरचना हटाउने भएको छ । नगरपालिकाले शुक्रबार ३५ दिने सुचना जारी गर्दै सार्वजनिक जग्गामा बनेका संरचना हटाउन भनेको छ ।
सार्वजनिक जग्गा प्रयोग गरी सञ्चालन गरिएका व्यापार तथा व्यवसाय, सडकको क्षेत्राधिकारभित्र सञ्चालन भए गरेका व्यवसाय, सार्वजनिक जग्गा, राजमार्ग तथा भित्री सडकहरु ओगटी गरिएका निर्माणजन्य कार्य र ठेलागाडा तथा घुम्ती सवारी साधन हटाउन नगरपालिकाले भनेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) मा सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा सम्बन्धी कार्य नगरपालिकाको भनी स्पष्ट प्रावधान रहेको र सोही प्रावधानलाई टेकेर नगरपालिकाले ३५ दिने सुचना जारी गरेको प्रमुख प्रशासकीय अधिकृत लिला वल्लभ न्यौपानेद्वारा जरी सूचनामा भनिएको छ ।