कारबाही फिर्ताबारे गोविन्दराज जोशीको प्रतिक्रिया- म कांग्रेसको मान्छे नै होइन, उपचुनावमा हामी चुपचाप हेर्छौं

नेपाली कांग्रेसले आउँदो उपचुनावलाई मध्यनजर गर्दै पूर्वमन्त्री गोविन्दराज जोशीमाथि गरेको कारबाही फिर्ताको निर्णय लियो । तर, कांग्रेसको यो निर्णयमा जोशीले चिसो प्रतिक्रिया दिएका छन् ।

कांग्रेसले आफूलाई कारबाही गरेर साधारण सदस्यबाट समेत निष्कासन गरिसकेकाले यस पार्टीसँग आफ्नो कुनै साइनो नरहेको उनले बताए ।

‘म कांग्रेस पार्टीको मान्छे नै होइन,’ जोशीले भने, ‘पार्टीबाहिरको व्यक्तिबारे कांग्रेसले निर्णय लिन मिल्छ र ?’ उनले आफू अहिले कांग्रेसको साधारण सदस्य समेत नभएकाले यो निर्णयको औचित्य नरहेको उल्लेख गरे ।

‘कांग्रेसले एमालेलाई मिलाउने, माओवादीलाई मिलाउने निर्णय गरे के हुन्छ ?’ उनले भने । आउँदो उपचुनावमा आफूहरुले कसैलाई समर्थन नगरेको जोशीले स्पष्ट पारे । ‘अहिले हामी चुपचाप लागेर हेर्छौं,’ उनले भने ।

यस्तै जोशीका छोरा एवं व्यास नगरपालिकाको मेयरका पराजित उम्मेदवार दीपकराज जोशीले पनि सम्बन्धित व्यक्तिगत नसोधिकन उनीहरूकै स्वार्थका लागि निर्णय भएको बताएका छन् ।

‘हामीसँग सोधिएको पनि छैन, चुनावका बेला उनीहरूकै स्वार्थमा भएको निर्णय गलत छ,’ उनले भने, ‘प्याकेजसहितको केही निर्णय आउनुपर्छ ।’

यस्तो छ गोविन्द राज जोशीको वक्तव्यः

वर्षौँदेखि नेपाली कांग्रेसको राजनीतिमा लागेर पार्टीको लागि आफ्नो सम्पूर्ण जिवन अर्पण गरेको सजाय म र मेरो परिवारले वर्षौँदेखि भोग्दै आएको कुरा सबैमा जगजाहेरै छ । विगतका वर्षमा मैले जे जति भोगेको छु त्यसको श्रेय नेपाली कांग्रेसलाई सक्काउन लागि परेका केही राजनीतिज्ञहरुलाई जान्छ ।

१० औँ हजार कार्यकर्ताको मतलाई वेवास्ता गर्दै चुनावको मुखमा मलाई नेपाली कांग्रेसबाट कारवाही फुकुवा गरिएको भन्ने जुन भ्रम छर्ने काम गरियो,यो सरासर गलत हो। यसप्रति मेरो घोर आपत्ति छ ।यो समस्या समाधानका निम्ति पटकपटक वार्ता टोली गठन गरि वार्ताको प्रयास गर्दा पनि पार्टीले वेवास्ता गरेको कुरा सम्पूर्ण जनतालाई जानकारी गराउन चाहन्छु। सम्पूर्ण प्रयासका बाबजुद पनि वार्ताको वातावरण समेत नबनाउने, पार्टिमा सैदान्तिक बिचलन ल्याउनेहरु बाट यसरी जनतालाई दिग्भ्रमित गर्ने गरिएको निर्णयको जति आलोचना गर्दा पनि कम हुन्छ।

नेपाली कांग्रेसले म र म सँग सम्बन्धित मान्छे सँग कुनै किसिमको सल्लाह नगरी एकलौटी रुपमा गरेको यस निर्णयलाई म हरहालतमा मान्न तयार छैन। चुनावको मुखमा मञ्चन गरिएको चुनावि रणनीतिबाट दिग्भ्रमित नहुन तथा यस्तो अफवाहबाट बिचलित नहुन म मेरा सम्पूर्ण जनतालाई आग्रह गर्दछु।

म र नेपाली कांग्रेस पार्टीलाई नै सक्काउने उद्देश्यले गरिएको उक्त निर्णयको खण्डन गर्दै सोका प्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।

गोविन्द राज जोशी

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker