एमालेको निर्वाचन परिचालन कमिटीको बैठक सम्पन्न

भञ्ज्याङ समाचारदाता/थर्पु

नेकपा (एमाले) क्षेत्र नं २ क्षेत्रिय निर्वाचन परिचालन कमिटीको बैठक सम्पन्न भएको छ । कमिटीको संयोजक रत्नादेवी घिमिरेको अध्यक्षतामा भएको बैठकमा पार्टीको तर्फवाट प्रतिनिधीसभा र प्रदेशसभा उम्मेदवारको चुनावी कार्यक्रम, घरदैलो अभियान, प्रचारप्रसार सम्वन्धि विषयमा छलफल भएको थियो ।

बैठकले निर्वाचन अवधिसम्मको कार्यक्रम समेत तय गरिएको छ । नेकपा (एमाले) म्याग्दे गाँउकमिटीको अध्यक्ष बसन थापाले निर्वाचनमा आफनो पार्टीका उम्मेदवारलाई बिजयी गराउन सबै आ-आफ्नो तर्फबाट खट्नुपर्ने बताएका थिए ।

यस्तै कार्यक्रमका अध्यक्ष घिमिरेले आसन्न निर्वाचनमा आफ्नो उम्मेदवारलाई जिताउन हरेक टोल टोलमा गएर पार्टी र उम्मेदवारको पक्षमा मत माग्न आग्रह गरेकी थिइन् । सो अवसरमा निर्वाचन परिचालन गर्नका लागी विभिन्न समितिहरु समेत गठन गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker