महासमिति सदस्य निर्वाचनका लागि काङ्ग्रेस तनहुँद्वारा समिति गठन
नेपाली काङ्ग्रेस तनहुँले महासमिति सदस्य निर्वाचनका लागि निर्वाचन समिति गठन गरेको छ । पार्टीको मङ्गलबार सम्पन्न बैठकले अधिवक्ता फणिन्द्र कोइरालाको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको हो ।
उक्त समितिले महासमिति सदस्यको निर्वाचनको मिति तोक्ने पार्टीका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । रिक्त रहेको महासमिति सदस्य चयनका लागि निर्वाचन हुन लागेको हो ।