कम्यूनिष्ट पार्टी स्थापना दिवसको सन्दर्भमा दमौलीमा अन्तरक्रिया

दमौली : नेपाल कम्यूनिष्ट पार्टीको ७७औँ स्थापना दिवसको अवसरमा तनहुँको दमौलीमा ‘नेपाल कम्यूनिष्ट पार्टी स्थापना दिवसः विचार, संघर्ष र भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान नेपालद्वारा आयोजित उक्त कार्यक्रम दमौलीस्थित प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विष्णु भक्त सिग्देलद्वारा प्रस्तुत अवधारणा पत्रमा नेपाली कम्यूनिष्ट आन्दोलनको विचार, संघर्ष र वर्तमान अवस्थाबारे चर्चा गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले कम्यूनिष्ट आन्दोलनले देशको राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै आगामी दिनमा विचार र व्यवहारलाई थप सुदृढ बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
त्यसैगरी, कार्यक्रममा नेपाली कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री हरि बहादुर चुमान, संविधानसभा सदस्य तथा नेकपा एमालेका पूर्व पोलिटब्युरो सदस्य टुकराज सिग्देल, नेकपा एमालेका नेता प्रतापलाल श्रेष्ठ, नेपाली कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री आशा कोइराला, केन्द्रीय सदस्य राजेन्द्र केसरी न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति विश्व वास्तोला, नेपाली कांग्रेस तनहुँका सचिव सहदेव अधिकारी, नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कडेल, नेपाली कम्यूनिष्ट पार्टी तनहुँका अध्यक्ष सूर्यबहादुर गौली, नेकपा मशालका नेता पुष्पलाल श्रेष्ठ, प्रतिष्ठानका सल्लाहकार संयोजक श्रीराम कार्की तथा प्रतिष्ठानका पूर्व अध्यक्ष मोहनसिंह आले लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
प्रतिष्ठानकी उपाध्यक्ष मनुमाया श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा महासचिव सृजना सिग्देलले सहजिकरण गरेका थिए भने सचिव नेत्र रानाभाटले स्वागत गरेका थिए । अन्तरक्रियामा प्रतिष्ठानका पूर्व सचिव रमेशप्रसाद आचार्य, गोपाल सुर्खाली र शिव सदाशंकरले जिज्ञासा तथा सुझाव राखेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker