गर्मी बढेपछि व्यास नगरपालिकाले दियो गर्मी बिदा

भञ्ज्याङ समाचारदाता/दमौली

दैनिक जसो गर्मी बढ्दै गएपछि तनहुँको व्यास नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । गर्मीका कारण पठनपाठनमा समस्या भएकाले नगरपालिकाले बिदा दिने निर्णय गरेको हो ।

आइतबारदेखि एक साताका लागि वर्षो बिदाबाट कट्टा हुने गरी विद्यालय व्यवस्थापन समितिको निर्णय गराइ बिदा दिने निर्णय गरिएको नगरपालिकाका शिक्षा अधिकृत नवीन पराजुलीले जानकारी दिए ।

गर्मीका कारण विद्यार्थीहरुको विद्यालय आगमन र पठनपाठनमा प्रतिकूल असर परिरहेको तथा आगामी हप्तामा समेत तापक्रम बढ्ने प्रक्षेपण देखिएकाले बिदा दिने निर्णय गरिएको पराजुलीले बताए । बिदाका क्रममा स्वअध्ययन गर्न, सिकाइ बोझ नहुने गरी गृहकार्य दिन, सिर्जनशील सिकाइ क्रियाकलाप दिन र दिउँसोको समयमा घर बाहिर नजान सुझाव दिन अनुरोध गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker