प्रेस चौतारी तनहुँको अध्यक्षमा श्रेष्ठ चयन

दमौली : प्रेस चौतारी नेपाल तनहुँ शाखाको अध्यक्षमा राजकुमार श्रेष्ठ विवि चयन हुनुभएको छ । शाखाको आज सम्पन्न दशौ अधिवेशनबाट श्रेष्ठ पुनः अध्यक्षमा चयन भएका छन् ।
अधिवेशनबाट शाखाको उपाध्यक्षमा कृष्ण न्यौपाने, महिला उपाध्यक्ष सुनिता आचार्य, सचिव ऋषिकान्त दुवाडी, सहसचिव किरण श्रेष्ठ र अन्जन परियार, कोषाध्यक्ष सागर गिरी र सदस्यहरुमा विष्णुबहादुर सिंजाली र देव गजमेर सर्वसम्मत चयन भएका छन् । केन्द्रीय प्रतिनिधिमा प्रेमप्रसाद पौडेल, मदन तिमिल्सना र सम्झना रसाइली चयन भएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज केदार सिग्देलले  पत्रकार समाजको ऐना र मार्गदर्शक बन्नुपर्ने बताउनुभयो । पत्रकारिता सत्य, निष्पक्ष र तथ्यगत हुनुपर्ने बताए ।
चौतारी नेपालका केन्द्रीय लेखा आयोग उपाध्यक्ष नवराज ढकालले प्रेस चौतारी हरेक पत्रकारको सुखदुःखको संगठन बन्नुपर्ने बताए ।
यस्तै, प्रेस चौतारी नेपाल तनहुँ शाखामा स्थापित प्रेस चौतारी पत्रकारिता पुरस्कार शाखाका पूर्व अध्यक्ष त्रिभुवन श्रेष्ठलाई प्रदान गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker