बुल्दी पुल क्षेत्रमा मध्याहृन १२ देखि साँझ ६ बजेसम्म तनहुँ प्रशासनको निषेधाज्ञा (विज्ञप्ति सहित)

भञ्ज्याङ समाचारदाता (दमौली)

जिल्ला प्रशासन कार्यालय तनहुँले व्यास नगरपालिका-१ स्थित तालघरे र दुम्सी जोड्ने पुल क्षेत्रमा निषेधाज्ञा जारि गरेको छ । तनहुँ प्रशासनले मोटरेबल पुल निर्माण भएको क्षेत्रमा अहिले मध्याहृन १२ बजेबाट लागु हुने गरी साँझ ६ बजेसमका लगि निषेधाज्ञा जारी गरेको हो ।

तालघारे र दुम्सी जोड्ने बुल्दि खोला माथीको पक्की पुल उद्घाटनका विषयमा विवाद उत्पन्न भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी सागार आचार्यले बताए ।

‘पुल जसरी पनि नेपाली कांग्रेसले उद्घाटन गर्ने र उक्त पुल उद्घाटन कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल तनहुँले जसरी पनि रोक्ने भनि विवाद सृजना भएको छ’, प्रजिअ आचार्यले भने, ‘पूर्वाधार कार्यालयले पनि तत्कालका लागि पुल उद्घाटन कार्यक्रम रोकिदिन अनुरोध गरेपछि सुरक्षा समितिको बैठकले कार्यक्रम रोक्का गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको हो ।’

व्यास नगरपालिकाले उक्त आज दिउँसो १ बजे नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबाट उद्घाटन गर्ने कार्यक्रम तय गरेको छ । प्रशासनले भने पुलको उद्घाटन रोक्न भनेको थियो ।

झडप र तनाव हुन नदिन निषेधाज्ञा जारी गरे पनि पृथ्वी राजमार्गको यातायात आवगमनमा कुनै समस्या नहुने प्रजिअ आचार्यले बताएक छन् । त्यस क्षेत्रमा सशस्त्र र जनपथ प्रहरी परिचालन गरिएको छ ।

यस्तै, राष्ट्रिय युवा संघ नेपाल तनहुँले उद्घाटन कार्यक्रम रोक्नका लागि दमौलीमा विरोध कार्यक्रम गरेको छ । बुल्दी खोला पुलमा कोणसभा गरी व्यस नगरपालिकाले एकलौटी रुपमा अगाडि बढेको भन्दै जस्को जोत उसैको पोत हुनपर्छ भन्दै राष्ट्रिय युवा संघ नेपाल तनहुँ विरोधमा उत्रिएको छ ।

पुल उद्घाटन कार्यक्रम रोक्न मग गर्दै रष्ट्रिय युवा संघ नेपाल तनहुँले मोटरसाइकल सहितको दमौलीमा विरोध र्‍याली प्रदर्शन गरी जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker