“बलराम बानियाँ स्मृति पत्रकारिता पुरस्कार”का लागि कोष स्थापना

भञ्ज्याङ समाचारदाता (दमौली)

प्रेस युनियन तनहुँले स्वर्गीय पत्रकार बलराम बानियाँको स्मृतिमा पत्रकारिता अक्षय कोष स्थापना गरेको छ। तनहुँको भानु नगरपालिका-१३ निवासी बानियाँको स्मृतिमा प्रेस युनियनले पत्रकारिता अक्षय कोष स्थापना गरेको हो । कोषका लागि बानियाँका दाजु भानु नगरपालिका-१३ का वडाध्यक्ष रामबहादुर बानियाँले रु २० हजार सहयोग गरेका छन् ।

उक्त रकम बानियाँले प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीलाई मंगलबार हस्तान्तरण गरेका छन् । वडाध्यक्ष बानियाँले स्व बलरामले पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै पत्रकारिता पुरस्कार प्रदान गर्न अक्षय कोष निर्माण कार्यको शुरुआत गरेकामा प्रेस युनियन तनहुँलाई धन्यवाद ज्ञापन गरे ।

अक्षय कोषका लागि परिवारकै तर्फबाट साथ, सहयोग, हौसला र रकम प्रदान गरेकामा युनियनका अध्यक्ष नहर्कीले आभार व्यक्त गरे । पत्रकारिता अक्षय कोषको ब्याजबाट समाज परिवर्तनको लागि विशिष्ट योगदान पुर्‍याएका व्यक्तिलाई पुरस्कार प्रदान गरिने नहर्कीले जानकारी दिए । अक्षय कोषका लागि परिवारजनको सल्लाहअनुसार युनियनका अध्यक्ष नहर्कीको संयोजकत्वमा तीन सदस्यीय अक्षय कोष निर्माण समिति गठन गरिएको छ ।

समितिको सदस्यमा बाबुराम खनाल र स्व बलराम बानियाँका दाजु क्या जगतबहादुर बानियाँ छन् । पत्रकार बलराम बानियाँको परिवारजन, आफन्तजनका साथै स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकबाट संकलन गरी अक्षय कोषमा रकम जम्मा गरिनेछ । कान्तिपुर दैनिकका सहायक सम्पादक बानियाँको गत साउन २६ गते निधन भएको थियो।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker