चक्लाबन्दी गरिएको खेतमा पाक्यो चैते धान

तनहुँको बन्दिपुर-१ नाहालाका कृषकको खेतमा पाक्दै गरेको चैते धान । कृषकले प्रदेश सरकारको सहयोगमा चक्लाबन्दी गरी गरिएको चैते धान खेतीको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारी सहितको टोलीले आइतबार अनुगमन समेत गरेको थियो ।


चैते धानको फल राम्रो भएको र अरु जात भन्दा हर्विनाथ हाईब्रिड १ धेरै फलेको प्रमुख तिवारीले बताए ।

कृषकहरुले चक्लाबन्दी कार्यक्रमलाई कम्तिमा ५ वर्षे आयोजनाकोरुपमा संचालन गर्नु पर्ने, गह्रा सुधार, कान्ला सुधार, बाटो निर्माण, मुख्य कुलो र सहायक कुलाहरु निर्माण, उन्नत जातको प्रयोग र विस्तार, लागत घटाउन आधुनिक मेशिनको प्रयोग, उत्पादनलाई प्रशोधन र बजारीकरणसंग जोड्नुपर्ने लगायतका आवश्यकता रहेको बताएका छन् ।


तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker