क्षमता भन्दा बढि यात्रु बोकेको जीप दुर्घटना हुँदा एकको मृत्यु १६ जना घाइते

भञ्ज्याङ न्यूज

तनहुँको ऋषिङ गाउँपालिका-१ धारापानीमा मंगलबार दिउँसो यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी १६ जना घाइते भएका छन् । मृत्यु हुनेमा व्यास नगरपालिका-५ की २५ वर्षीया मनु थापा रहेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।

दुर्घटनामा परी गम्भिर घाइते भएकी मनुलाई उपचारका लागि दमौली अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषण गरेका थिए ।

दमौलीबाट ऋषिङको भिरकोटतर्फजाँदै गरेको ग१ज ७६०० नम्बरको जीप सडकबाट करिव ७० मिटर तल खसेर दुर्घटना भएको तनहुँ प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकामध्ये ९ जनाको अवस्था माध्यम र ७ जनाको अवस्था सामान्य रहेको बताइएको छ ।

घाइतेहरुको दमौली स्थित दमौली अस्पताल, रत्नहरी अस्पताल तथा पोखराको गण्डकी मेडिकल कलेज र चरक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

ग्रामीण कच्चि सडकमा क्षमता भन्दा बढी यात्रु बोकेको जीप उकालोमा व्याक गर्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धनबाट देखिएको र दुर्घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहारी नायव उपरीक्षक तिमिल्सिनाले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker