कर्मचारीमा कोरोना संक्रमण देखिएपछि शुक्लागण्डकीको अत्यावश्यक बाहेकका सेवा बन्द

भञ्ज्याङ न्यूज

तनहुँको शुक्लागण्डकी नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले नगरपालिकाबाट हुने अत्यावश्यक बाहेकका सबै सेवाहरु अर्को निर्णय नभएसम्मका लागि बन्द गरेको छ।

कार्यालयको विभिन्न तहमा कार्यरत १६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको सेवा बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेले बताए । नगरपालिकामा तत्काल उपलब्ध कर्मचारीबाट आलोपालो प्रणालीमार्फ अत्यावश्यक सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

नगरपालिका अन्तर्गतका वडा कार्यालय, सेवा केन्द्र र इकाइहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गरी सेवा प्रवाह सुचारु गरिने भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार माघ ७ गतेदेखि सरकारी कार्यालयबाट प्राप्त हुने सेवा लिन जाँदा अनिवार्य रुपमा खोप कार्ड देखाउने व्यवस्था भए बमोजिम नगरपालिका र अर्न्तर्गतका वडा कार्यालय, सेवा केन्द्र र सेवा इकाइबाट सेवा लिन आउँदा अनिवार्य खोप कार्ड साथमै लिई आउन नगरपालिकाले सेवाग्राहीलाई अनुरोध गरेको छ ।

शुक्लागण्डकी नगरपालिकाभित्र खोप नलगाएका व्यक्तिहरुको खोज तथा पहिचान एवं खोप व्यवस्थापन गर्न सम्बन्धित वडा कार्यालय, टोल विकास संस्था महिला स्वयंसेविकासँग समन्वय गरी लगत तयार गर्न स्वास्थ्य शाखालाई निर्देशन दिइएको छ। नगरपालिकाले एन्टिजेन परीक्षणको नतिजा नेगेटिभ आएका व्यक्तिहरुको प्रत्येक हप्ताको सोमबार खैरेनीटार स्वास्थ्यचौकीबाट पिसीआर परीक्षण सञ्चालन गर्ने र कोभिड-१९ को लक्षण भएका व्यक्तिको निःशुल्क एन्टिजेन परीक्षण प्रत्येक दिन खैरेनीटार स्वास्थ्यचौकीबाट सञ्चालन गर्ने निर्ण्र्ाागरेको छ ।

कोभिडबाट संक्रमितलाई स्वास्थ्यमा जटिलता देखिएमा थप उपचारको व्यवस्थापनका लागि जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र तथा प्रादेशिक कोभिड अस्पतालसँग समन्वय तथा सहकार्य गर्ने, होम क्वारेन्टिन र होम आइसोलेशनमा रहेका व्यक्तिहरुको स्वास्थ्य निगरानी तथा निजहरुको स्वास्थ्यको अवस्थाका सम्बन्धमा रिपोर्टिङ तथा अनुगमन गर्न नगरपालिकाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी सम्मिलित दु्रत प्रतिकार्य समूह गठन गरिएको छ । नगरपालिकाले वडा नम्बर ४ मा रहेको खैरेनीटार स्वास्थ्य चौकीको दोस्रो तल्लामा पाँच शय्याको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker