शैक्षिक गुणस्तर सुधार गर्न भिमादका सामुदायिक विद्यालयलाई कम्प्युटर

भञ्ज्याङ न्यूज

तनहुँको भिमाद नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियानकैरुपमा कम्प्युटर वितरण गर्न थालेको छ। ‘एक विद्यालय, एक कम्प्युटर’ अभियान अन्तर्गत नगरपालिको ४३ वटा विद्यालयमा कम्प्युटर वितरण गरेको छ ।

नगरपालिकाले कम्प्युटर उपलब्ध गराएपछि विद्यालयको कामकाजका लागि अरुको भर पर्नुपर्ने अन्त्य भएको विद्यालयहरुले बताउने गरेका छन्। शैक्षिक गुणस्तर सुधार गर्नका लागि आफ्नो क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

सामुदायिक विद्यालयका सबै शिक्षक शिक्षिकालाई आइसिटी तालिम प्रदान गरेर कम्प्युटर दिइएकाले प्रश्नपत्र बनाउन र अन्य कामकाजका लागि शिक्षकहरु भिमाद बजारसम्म आउन नपरेको र कसैको सहारा लिन पनि नपरेको नगरपालिकाकी सूचना अधिकारी टेकावती ढकालले बताइन् ।

नगरको जनज्योति र सिर्द्धार्थ माध्यमिक विद्यालय नमूना विद्यालयका रुपमा स्थापित भएका छन् । उक्त दुइ विद्यालयमा कम्प्युटर शिक्षासम्बन्धी पढाइसमेत हँुदै आएको छ । नगरपालिका भित्रका दुइ वटा आधारभूत र एक माध्यमिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अर्न्तर्गत चारकोठे नयाँ भवन निर्माण गरिएको छ ।

सामुदायिक विद्यालयको अनुगमन एवं नियमन कार्यलाई प्रभावकारी बनाई सरकारी नीति नियमको पूर्ण पालना गर्न थप जिम्मेवार बनाइएको नगरप्रमुख दधीराज सुवेदीले बताए । उनले भने, ‘प्रारम्भिक बालविकास केन्द्रलाई विद्यालय शिक्षाको अभिन्न अंगको रुपमा विकास गरी आवश्यकताका आधारमा सिकाइ वातावरण सुधार, सहजकर्ताको क्षमता विकास एवं प्रोत्साहनको व्यवस्था मिलाइएको छ ।’

विद्यालय तहदेखि खेलमा प्रतिभा प्रस्फुटनको वातावरण सिर्जना गर्न विद्यालयस्तरीय खेलकुदमा प्रोत्साहन गर्नुका साथै मेयर कप प्रतियोगितालाई निरन्तरता दिने योजना नगरपालिकाले बनाएको प्रमुख सुवेदीले बताए ।

यस्तै, अंग्रेजी माध्यममा पढाइ तथा सूचना प्रविधि सम्बन्धमा शिक्षकको क्षमता विकास गर्नुका साथै कक्षाकोठामा आधारित पेशागत पद्धतिलाई सुदृढ बनाउने गरी काम अघि बढाइएको छ । विद्यालयको शिक्षालाई गुणस्तरीय, पहुँचयोग्य, प्रतिस्पर्धी र जीवनोपयोगी बनाउन नगरपालिका लागेको प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालले बताए ।

नगर शिक्षा योजनालाई सरोकारवालाको सुझावअनुरुप परिमार्जन गरी कार्यान्वयनका लागि उचित व्यवस्था मिलाइएको उनले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker