पाँच जना मेक्सिकन नागरिक सवार मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरा नजिक दुर्घटना
भञ्ज्याङ न्यूज
लुक्लाबाट उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना भएको छ । मंगलवार बिहान सवा १० बजे सोलुखुम्बु सुर्केबाट काठमाडौं उडेको हेलिकप्टर दुर्घटना भएको हो ।
सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका नजिकैको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले जानकारी गराएका छन् ।
उनका अनुसार घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ । हेलिकप्टरमा क्याप्टेन र ५ यात्रु गरी ६ जना सवारी थिए ।
हेलिकप्टरमा सवार सबै मेक्सिकन नागरिक भएका मनाङ एअरका प्रबन्धक राजु न्यौपानेले बताएका छन् ।
९एनए/एमभी कलसाइन भएको हेलिकप्टरमा पाइलट सहित ६ जना यात्रु रहेका थिए । यसमा पाइलट मात्र नेपाली हुन । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।










