तनहुँको आदिकवि भानुभक्त र कास्कीको कन्या क्याम्पस बीच अन्तरक्रिया
भञ्ज्याङ न्यूज

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पस र पोखरा स्थित नदिपुरको कन्या क्याम्पस बीच एकदिने अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
कन्या क्याम्पसका प्रमुख सुरेश मानन्धरको नेतृत्वमा आदिकवि भानुभक्त क्याम्प आइपुगेको उक्त टोलीले आदिकवि भानुभक्त क्याम्पसका विषयमा जानकारी लिइएको थियो ।
प्रमुख मानन्धरको नेतृत्वमा क्याम्पसको क्युएए समिति, बिभागीय प्रमुख, प्राध्यापक, कर्मचारी र विद्यार्थी संलग्नता रहेको थियो । अन्तरक्रियामा दुबै क्याम्पसको शैक्षिक, भौतिक र आर्थिक अवस्था, विद्यार्थी भर्ना, नतिजा, शुल्क एवं रणनीतिक योजना र भाबी कार्यक्रमका विषयमा छलफल गरिएको बताइएको छ ।
आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हडखलेले क्याम्पसको परिचय, सहायक क्याम्पस प्रमुख कल्पना लम्सालले क्याम्पस पुस्तकालयको अवस्था र पुस्तकालय नियमावलीको ब्यबस्थापनका विषयमा सहजिकरण गरेका थिए ।

यस्तै, क्याम्पसको आन्तरिक गुणस्तर सुनिस्चितता समितिका अध्यक्ष आत्माराम बास्तोलाले क्याम्पसको समग्र गुणस्तरको अवस्थाबारे छलफलमा उठाइएका जिज्ञासाको सहजिकरण गरेका थिए ।
टोलिले भ्रमणका क्रममा क्याम्पसको पुस्तकालय, कम्प्युटर रबिज्ञान प्रयोगशाला, कक्षा कोठा, चमेना गृह, प्रशासनीक कार्यकक्ष लगायतको भौतिक पूर्बाधारको अवलोकन गरेको बताइएको छ।










