म्याग्देकी क्यान्सर पीडित सम्झनालाई आर्थिक सहयोग

भञ्ज्याङ न्यूज

तनहुँको म्याग्दे गाउँपालिका-५ की सम्झना श्रेष्ठलाई आर्थिक सहयोग जुट्न थालेको छ । क्यान्सर रोगबाट पीडित उनको उपचारका लागि विभिन्न संघ संस्था तथा व्यक्तिहरुले आर्थिक सहयोग उपलब्ध गराउन थालेका छन् । सम्झनाको उपचारका लागि छाङ्गेले नेवाः खल दमौलीले २५ हजार ५५५ रुपैयाँ सहयोग प्रदान गरेको छ ।

हाल व्यास-५ पतेनीमा बस्दै आएकी ३८ वष्र्ाीया सम्झनालाई छाङ्गेली नेवाः खलले आर्थिक सहयोग उपलब्ध गरिएको अध्यक्ष सेर कुमार कायस्थले जानकारी गराए ।

घरको आर्थिक अवस्था नाजुक रहेको र उपचारको लागि ठुलो खर्च लाग्ने भएपछि थप चिन्ता थपिएको सम्झनाको परिवारमा आफन्तजन र शुभचिन्तकहरुबाट केही आर्थिक सहयोग जुटेपछि उपचारका लागि सहज भएको सम्झनाका श्रीमान चन्द्र कुमार श्रेष्ठले बताए ।

यसैक्रममा सम्झनाको उपचारकाका लागी रानीटारी टोल विकास संस्थावाट १६ हजार ८५५, नेपालटार नेवा गुठीवाट ५ हजार, दभुङवेशी रानीटारी नेवा समाजवाट २८ हजार ८३५, सिन्धु आमा समुहवाट १६ हजार ५०५, दुलेगौडा निवासी वसुमाया राजभण्डारीवाट ११ हजार १०५, सपना भट्टर्राई सिहालेको पहलमा संकलित रकम ३ हजार आर्थिक सहयोग प्रदान गरिएको छ ।

विदेशमा रहेका दाजुभाईहरुबाट आर्थिक सहयोग उपलब्ध हुन थालेको बताइएको छ । ब्रु नाईका रेशमलाल श्रेष्ठवाट ७ हजार, कतारबाट कृष्णकुमार श्रेष्ठको पहलमा २५ हजार २ सय दश, दिपक कुमार श्रेष्ठको पहलमा ६४ हजार ९३२, शिव कुमार श्रेष्ठको पहलमा १३ हजार ५४०, रामशरण श्रेष्ठको पहलमा १२ हजार २४५, विष्णुकुमार श्रेष्ठको पहलमा ९ हजार ९४०, मिलन श्रेष्ठ वाट ७ हजार ५६२ रुपैयाँ सहयोग भएको बताइएको छ ।

२०७९ चैत्र ३० गते वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा क्यान्सर पुष्टि भएपछि उपचार गर्दै आएको सम्झनाको विभिन्न परिक्षण भईरहेको छ भने वाहिरी सेकाई सकिएर भित्री सेकाई -थेरापी) को प्रक्रियामा रहेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker